बैंक अफ काठमाण्डूले शेयरधनीलाई १६ प्रतिशत लाभांश दिने
मकालु खबर
२०७७ असोज १९ गते
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आर्थिक वर्ष २०७६\७७ को लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
बैंकको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १३ प्रतिशत बोनस र ३ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीलाई लाभांश वितरण गरीने बैंकले जानकारी दिएको छ ।
मकालु खबर
२०७७ असोज १९ गते
प्रतिक्रिया
सम्बन्धित