सुरु भयो प्रदेश ५ को प्रदेशसभा, राजधानी र नामबारे मतदान हुने
मकालु खबर
२०७७ असोज २० गते
काठमाडौं । प्रदेश ५ को प्रदेशसभा बैठक सुरु भएको छ । आज (सोमबार) १२ बजे सुरु हुने भनिएको बैठक दलहरुको तलफलका कारण ढिलो सुरु भएको हो ।
प्रदेश ५ को स्थायी राजधानी र नामकरणको प्रस्तावमा प्रदेशसभामा मतदान पनि आजै हुँदैछ । सरकारले शुक्रबार दर्ता गरेको नाम लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरी क्षेत्र हुने भन्ने प्रस्तावमाथिको छलफल सकिएपछि आज मतदान हुने भएको हो ।
कांग्रेसले प्रस्तावकाे विपक्षमा मतदान गर्न ह्वीप जारी गरेकाे छ भने नेकपाले पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्विप जारी गरेकाे छ । यस्तै प्रदेश सरकारको साे प्रस्तावमा नेपाली काँग्रेस सांसद रमा अर्याल, पुष्पा थरुनी र जनता समाजवादी पार्टी (जसपा)का संसदीय दलका नेता सहषराम यादवले प्रदेश सभा सचिवालयमा संशोधन प्रस्ताव दर्ता गराएका छन्।
मकालु खबर
२०७७ असोज २० गते
प्रतिक्रिया
सम्बन्धित