दक्षिण कोरियाको सेप्टेम्बरमा उपभोक्ता मूल्य एक प्रतिशतले वृद्धि

उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) सेप्टेम्बरमा अघिल्लो वर्ष पहिलेको तुलनामा एक प्रतिशतले वृद्धि भएको कोरियाली तथ्याङ्क कार्यालयले मङ्गलबार उल्लेख गरेको छ ।

उपभोक्ता मूल्य सूचकाङ्क सेप्टेम्बरमा १०६–२० अङ्क पुगेको र मार्चपछि पहिलो पटक सेप्टेम्बरमा उपभोक्ता मूल्यमा अत्यधिक छिटो वृद्धि भएको हो । उपभोक्ता मुद्रास्फीति मार्चमा १ प्रतिशतबाट अप्रिलमा ०–१ प्रतिशतमा झरेको थियो भने मेमा ०–३ प्रतिशतले रेकर्ड भएको थियो ।

जुलाईमा ०–३ प्रतिशत वृद्धि कायम रहेको उपभोक्ता मूल्य अगस्टमा बढेर ०–७ प्रतिशत पुगेको थियो ।सेप्टेम्बरको वृद्धिमा वर्षा ऋतुको लामो अवधिसम्म कृषि सामानको मूल्यवृद्धिको श्रेय रहेको बताइएको छ । कृषि, पशुपालन र मत्स्यपालन उत्पादनको मूल्य एक वर्षअघि सेप्टेम्बरमा १३–५ प्रतिशतले बढेको थियो ।

यो वृद्धि साढे नौ बर्षमा अर्थात् मार्च २०११ पछि सबैभन्दा उच्च हो । कच्चा तेल (पेट्रोलियम पदार्थ) को मूल्य सस्तो भएपछि दक्षिण कोरियामा औद्योगिक उत्पादनको मूल्यमा सङ्कुचन आएको थियो । अस्थिर कृषि र तेल उत्पादनबाहेक दक्षिण कोरियामा उपभोक्ता मूल्यमा गत वर्षभन्दा सेप्टेम्बरमा ०–९ प्रतिशतले बढेको बताइएको छ । रासस

प्रतिक्रिया