फेसबुकले फेरि हटायो ट्रम्पको स्टाटस, भ्रामक भन्दै ट्वीटरले लुकायाे !

एजेन्सी । फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पोस्ट हटाएको छ, जसमा उनले कोरोना भाइरस (कोभिड १९) फ्लु भन्दा कम घातक रहेको दाबी गरेका थिए ।

कोरोना संक्रमित भएपछि ट्रम्पको तीन दिन अस्पतालमा उपचार भयो । उपचारपछि उनी ह्वाइट हाउस फर्किसकेका छन् ।

उनले फेसबुकमा लेखेका छन्– ‘अमेरिकाले फ्लु सिजनसँगै जिउन सिकिसकेको छ । त्यस्तै नै हामी कोभिडसँग जिउन सिकिरहेका छौँ,  जुन अधिकांश जनसंख्यामा यो कम घातक छ ।’

ट्रम्पले ट्वीटरमा पनि यो सन्देश जारी गरेका थिए, जसलाई ट्वीटरले हाइड गरिदियो अर्थात् लुकायो । उनको ट्वीटमा एक चेतावनी दिइएको छ जसमा यो सन्देश भ्रामक हो भनिएको छ । उक्त चेतावनीमा क्लिक गरियाे भने मात्रै ट्वीटर प्रयाेगकर्ताहरूले ट्रम्पकाे उक्त ट्वीट पढ्न पाउनेछन् ।

यस्तै फेसबुक नीति सञ्चार प्रबन्धक एन्डी स्टाेनले भने, ‘हामी काेभिड १९ काे गम्भीरताबारे गलत जानकारी हटाउने गर्छाैँ । त्यसैले हामीले याे पाेष्ट पनि हटायाैँ ।’

अहिलेसम्म काेभिड मृत्युदरबारे खासै पत्ता लागिसकेकाे अवस्था छैन तर जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार याे सामान्य फ्लुभन्दा १० गुणा वा त्याे भन्दा बढी हुन सक्छ । 

 

प्रतिक्रिया