एनएमबि बैंकका ग्राहकलाई होटेल भिवान्तामा १५ प्रतिशत छुटको व्यवस्था
मकालु खबर
२०७७ असोज २२ गते
काठमाडौं । एनएमबि बैंकका ग्राहकले अबदेखि होटेल भिवान्तामा १५ प्रतिशत छुट पाउने भएका छन् ।
एनएमबि बैंक र होटेल भिवान्ताविच एनएमबि बैंकका ग्राहकहरुले होटेल भिवान्ताको प्राङ्गणमा रहेको मिन्ट र आकृती रेष्टुरेन्टबाट खाना र हल्का पेय पदार्थहरूको खरिदमा १५प्रतिशत छुट पाउने विषयमा द्विपक्षिय समझदारी भएको छ ।
समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख–रिटेल बैंकिङ्ग रोशन रेग्मी र होटेल भिवान्ताका तर्फबाट सहायक बिक्री प्रबन्धक इंदिना राईले हस्ताक्षर गरेका छन् ।
एनएमबि बैंकले १८६ शाखाहरु, ६ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरुको मजबुत सञ्जाल मार्फत ग्राहकहरुलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।
मकालु खबर
२०७७ असोज २२ गते
प्रतिक्रिया
सम्बन्धित