दोहोरो अंकले घट्यो शेयर बजार

काठमाडौं । शेयर बजार आज दोहोरो अंकको घटेको छ । शेयर बजार घटेसँगै हिजो १६ सय अंक माथि गएको नेप्से परिसूचक आज झरेको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ११.३४ अंकले घटेको हो । ०.७१ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १५८९.६३ अंकमा ओलिएको छ ।

नेप्सेका अनुसार आज १ सय ९३ कम्पनीको १ करोड ११ लाख ६४ हजार ५ सय ६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९० करोड ५० लाख ५७ हजार ९ सय ६६ रुपियाँ बराबरको कारोबार भएको छ ।

 

प्रतिक्रिया