विश्व बैंकको प्रक्षेपण : नेपालको आर्थिक वृद्धिदर ०.२ प्रतिशत

काठमाडौं । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर ०.२ प्रतिशतमा खुम्चिने प्रक्षेपण गरेको छ । सन् २०२० मा आर्थिक वृद्धि ०.२ प्रतिशतमा खुम्चिने प्रक्षेपण गरेको हो ।

विश्व बैंकले बुधबार सार्वजनिक गरेको अर्धवार्षिक तथ्यांकले यो वर्ष नेपालको आर्थिक वृद्धिदर ०.२ प्रतिशतमा खुम्चिने प्रक्षेपण गरेको हो । बुधबार सार्वजनिक भएको अर्धवार्षिक तथ्यांकअनुसार दक्षिण एसियामा चरम गरिबी देखा पर्ने अनुमान छ ।

सन् २०२१ मा भने नेपालको अर्थतन्त्रमा ०.६ प्रतिशतले वृद्धिदर देखा पर्ने प्रतिवेदनमा उल्लेख छ ।

पछिल्ला ५ वर्षमा लगातार ६ प्रतिशतको हाराहारीमा रहेको दक्षिण एसियाको अर्थतन्त्रको वृद्धिदर सन् २०२० मा ७.७ प्रतिशतले संकुचित हुने आँकलन गरिएको छ ।

प्रतिक्रिया