पायोनियर मोटोकर्पले ल्यायो ‘न्यू रेडी गो’ कार


विराटनगर । डाटसन गाडीकाे नेपालका लागि आधिकृत बिक्रेता पायोनियर मोटोकर्प प्रालि विराटनगरले ‘न्यू रेडी गो’ १.० लिटर कार बजारमा ल्याएको छ । विराटनगरको बरगाछीस्थित पायोनियर मोटोकर्प प्रालिले आइतबारदेखि नयाँ कार बजारमा ल्याएकोे हो ।
बजारमा आएको नयाँ कार मोडेलमा जापानिज इन्जिन रहेको छ, जसले गर्दा ग्राहकहरुले बढी पावर र आरमदायी अनुभुति गर्नेछन् । मुख्यतयाः रेडी गो कारमा इन्टालिजेन्ट स्मार्ट अटो टेक्नोलोजीको न्यून इन्धन संञ्चालन खर्च लाग्ने तीन सिलिन्डरको इन्जिन छ । यसमा फाइभ स्पिड म्यानुअल ट्रन्समिसन छ, जसले ड्राइभिङ्ग अनुभवलाई थप राेमाञ्चक बनाउँछ । नयाँ रेडी गो दुई वटा भेरियन्टमा उपलब्ध रहेको छ ।
यी मोडेलमा नयाँ विशेषताहरु सेन्ट्रल लकिङ, रिमोर्ट किलेस इन्ट्री, ब्ल्याक इन्टेरियर, हर्नप्याड रसिल्भर फिनिसिङ्ग, एसीका साथ उपलब्ध छन् । यो कार ६ कलरमा रहेका छन् भने सिल्भर, ग्रे, रुवी, सेता, रातो, र ब्राउन रङमा उपलब्ध छन् ।
न्यू रेडी गो कारको बजार मुल्य २३ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ रहेको छ ।
दशैंलाई लक्षित गरि नयाँ कार बजारमा ल्याएकोले छुट योजना रहेको पायोनियर मोटोकर्प प्रालि विराटनगरका शाखा प्रमुख अमित अग्रवालले जानकारी दिए । उनले भने, ‘दशैँलाई लक्षित गरि नयाँ कार बजारमा ल्याएको हो, हाम्रा ग्राहकहरूका लागि विभिन्न छुट योजना हामीले लिएर आएका छाैँ ।’
५० वटा रेडी गो कार बिक्री गर्दासम्म १ लाख ५० हजार रुपैयाँ छुट रहेको उनले जानकारी दिए । प्रतिलिटर २१. ७ किलोमिटर माइलेज दिने बताइएको छ ।
