शेयर बजारमा सामान्य सुधार, आज कारोबार कति ?
मकालु खबर
२०७७ असोज २६ गते
काठमाडौँ । शेयर बजारमा आज सामान्य अंकले सुधार भएको छ । आज १.७४ अंकले उकालो लागेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार ०.११ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १५७८.०१ अंकमा उक्लिएको छ ।
नेप्सेका अनुसार आज १ सय ८९ कम्पनीका ६८ लाख १५ हजार ७ सय १० कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९४ करोड ९० लाख ६० हजार १ सय ९४ रुपियाँ बराबरको कारोबार भएको छ ।
शेयर बजार सामान्य अंकले बढेको दिन आज विकास बैंक समूहमा लगानीकर्ताहरु झुम्मिएका छन् । विकास बैंक समूह आज ७९.१२ अंकले बढेको छ । त्यसैगरी बैंकिङ समूह २.३९, ट्रेडिङ समूह २.१६, होटल समूह ६.९४ र वित्त समूह ३.९३ अंकले बढेका हुन्, भने बाँकी अरु समूह भने राताम्मे भए ।
मकालु खबर
२०७७ असोज २६ गते
प्रतिक्रिया
सम्बन्धित