महामारीमा आइएमईको कल्याणकारी कदम, स्थापना गर्याे ‘भरोसा कोश’
मकालु खबर
२०७७ असोज २६ गते
काठमाडौं । आइएमईले कोरोना भाइरस (कोभिड–१९) महामारीबाट विदेशमा मृत्यु भएकाका आफन्तजनलाई यथाशक्य सहयोग गर्ने उद्देश्यका साथ ‘भरोसा कोश’ को स्थापना गरेको छ ।
कोशमा सन् २०२० को जनवरी १ देखि अक्टोबर १६ (२०७६ साल पुस १६ देखि २०७७ साल असोज ३०) सम्म कोभिड–१९ का कारण विदेशमा मृत्यु भएका नेपाली श्रमिकका नेपालमा हुने इच्छुक आफन्तहरूले आवश्यक विवरण सहित पानीपोखरी, काठमाडौंमा अवस्थित आइएमई ग्रुपको केन्द्रीय कार्यालयहरूका साथै सवै प्रदेशमा अवस्थित प्रादेशिक कार्यालयहरूमा मिति २०७७ साल कार्तिक मसान्तसम्म आवेदन दिन सक्नेछन् ।
आवेदनमाथि छलफल गरी आर्थिक सहायता उपलब्ध गराइनेछ । यस सम्बन्धि अन्तिम निर्णय गर्ने अधिकार कम्पनीमा निहित हुनेछ । आइएमई व्यवस्थापनले आफ्ना आधिकारिक वेभ–साइटहरू मार्फत आज एक आह्वान पत्र जारी गर्दै उक्त कुरा बताएको हो ।
मकालु खबर
२०७७ असोज २६ गते
प्रतिक्रिया
सम्बन्धित