शेयर बजार घट्यो, १ अर्ब ८१ करोडको कारोबार

काठमाडौँ । आज शेयर बजार ९.४२ अंकले घटेको छ । ०.६० प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १५६८.५९ अंकमा झरेको हो ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज १ सय ९३ कम्पनीका ६७ लाख ८२ हजार ९ सय ४७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८१ करोड ९६ लाख ३८ हजार ९ सय ७७ रुपियाँ बराबरको कारोबार भयो ।

आज सबैभन्दा बढी निर्जीवन बीमा समूह ४८.४१ अंक र जीवन बीमा समूह ३८.९४ अंक र जलविद्युत समूह २७.८४ अंकले घटेका छन् ।

 

प्रतिक्रिया