भारतमा वर्षाकाे कहर : सरकारी, गैरसरकारी दुवै संस्था बन्द

एजेन्सी । आन्ध्र प्रदेश र तेलंगनाका कयौँ क्षेत्रमा लगातार भइरहेको वर्षाका कारण त्यहाँको सरकारी, गैरसरकारी संस्थाहरु दुई दिनका लागि बन्द गरिएको छ ।

वर्षाले त्यहाँको जनजीवन अस्तव्यस्त बनाएको छ । पानीले सडक भरिएको छ । भारी वर्षाका कारण भएको दुर्घटनामा २० जना बढीको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

स्थितिलाई मध्येजनर गर्दै तलंगाना सरकारले सबै निजी संस्था, कार्यालय, गैर–आवश्यक सेवाहरु बन्द गर्ने घोषणा गरेको छ । मानिसहरुलाई इमरजेन्सी नपरी घरबाहिर ननिस्कनु भनिएको छ ।

प्रतिक्रिया