नेपाली बजारमा आइपुग्यो होण्डाको ‘सिआर–भि १.६ टर्भो’


काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले स्टाईल, पर्फमेन्स र सुरक्षालाई समावेश गरी परिस्कृत पर्फमेन्स र शानदार इन्टेरियरस्का साथै नयाँ IDTEC इन्जिन युक्त नयाँ होण्डा सिआर–भि २०२० सार्वजनिक गरेको छ ।
“एडभान्स, एनरजेटिक एण्ड स्मार्ट” को ग्राण्ड कन्सेप्टमा निर्मित ५ औं जनरेशनको यस होण्डा सिआर–भि २०२० मा हाई–टेक्नोलोजी युक्त एक्स्टेरियर र इन्टेरियर सुविधाहरुले सबैको ध्यान आकर्षण गर्नेछ ।
आफ्नो सेग्मेन्टमा सर्वाधिक २१० एमएम ग्राउण्ड क्लेरेन्स रहेको यस कारमा एड्भान्स इन्टिग्रेटेड LED हेड ल्याम्पस्, इनलाइन LED फग ल्याम्पस्, फ्रन्ट पार्किङ्ग सेन्सर, पुस बटन गियर सिस्टम, प्यानोरोमा सनरुफ, स्मार्ट किलेस इन्ट्री, प्याडल सिफ्टिङ्ग गियर रहेको छ ।
यसैगरी ८ प्रकारको पावर ड्राइभिङ्ग सिट, ४ प्रकारको लम्बर सर्पोट सिट, उच्चस्तरीय लेदर तथा ऊडन फिनिस क्याबिनका साथै ७ जनासम्म प्यासेन्जरहरु बस्न सकिने सुविधाहरु रहेको छ ।
९ स्पिड CVT (Continuously Variable Transmission) सहितको १.६ IDTEC टर्भो इन्जिन युक्त र अफ रोडिङ्ग अनि सिटी ड्राइभ दुवैका लागि पावर र पर्फमेन्स युक्त होण्डा सिआर–भि ले नेपाली रोडहरुमा असली SUV को आनन्द लिन चाहने ग्राहकहरुको मन जित्न सफल हुने अपेक्षा गरिएको छ ।
