निशान म्यागनाइट एस.यु.भि. अब नेपाली बजारमा, यस्ता छन् विषेशताहरु


काठमाडाैं । निशान मोटर्सको बहुप्रतिक्षित “बिग, बोल्ड, ब्युटिफुल” बि–एस.यु.भि. म्यागनाइट अनलाइनमार्फत विश्वव्यापीरुपमा सार्वजनिक भएको छ । निशान मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटेकर्पले जनवरी २०२१ मा निशान म्यागनाइट लञ्च गर्ने पूर्व तयारी सुरु गरेको छ ।
यो “बिग, बोल्ड, ब्युटिफुल” एस.यु.भि.मा स्पोर्टी लुक्स सहित एल.ई.डी. हेडल्याम्प, एल.ई.डी. डी.आर.एल., फ्लोटिङ्ग रुफ, डुवल टोन बडी पेन्ट, डुवल टोन रियर बम्पर जस्ता विशेषताहरु समावेश गरिएका छन् । निशान म्यागनाइट १.० लिटर पेट्रोल इञ्जिनको दुई वटा भेरियन्टमा उपलब्ध हुनेछ । जसमा एउटा नेचुरली एसपिरेटेड इञ्जिन हो । भने, अर्काे टर्बाेचाज्र्ड इञ्जिन हुनेछ ।
निशान म्यागनाइटमा ८ इञ्च फुल फ्लस टच स्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, ७ इञ्च टि.एफ.टि. ड्राइभ असिस्ट डिस्प्ले, टायर प्रेसर मोनिटर सिस्टम, क्रुज कन्ट्रोल, ३ सय ६० डिग्री क्यामेरा लगायत विभिन्न फिचरहरु उपलब्ध छन् ।
विभिन्न अत्याधुनिक विशेषताहरु समावेश भएको निशान म्यागनाइट आफ्नो सेगमेन्टको गेमचेन्जर बन्ने अपेक्षा गरिएको छ । नेपाली बजारमा भित्रिने यस एस.यु.भि.को मूल्यको आधारमा यो गाडी एकदम उचित र प्रिमियम रहेको छ ।
