पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई दम्पत्तिमा कोरोना संक्रमण
काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । कात्तिक ७ गते स्वाब परीक्षणका लागि दिएका बाबुराम र हिसिलाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।
बाबुरामले रिपोर्ट पोजेटिभ आएपछि चिकित्सकको सल्लाह अनुसार होम आइसोलेसनमा बसेको जानकारी दिएका छन् । उनले आफ्नो सम्पर्कमा आएका सबैलाई सतर्कक रहन आग्रहसमेत गरेका छन् ।
‘हिसिला र म दुवैलाई कोभिड-१९ को संक्रमण पुष्ट भएको छ’, बाबुरामले ट्वीटरमा लेखेका छन्, ‘कात्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजेटिभ आएको हो । चिकित्सकको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौँ । केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ ।’
हिसिला र म दुबैलाई कोभिड-१९ को संक्रमण पुष्टी भएको छ।कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटीभ आएको हो।चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौं! केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ!#StaySafe pic.twitter.com/XbaDvIpvHE
— Baburam Bhattarai (@brb1954) October 24, 2020