होम आइसोलेसनमा कोरोना पोजेटिभको मृत्यु

२०७७ कार्तिक ९ गते

चितवन । चितवनमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको राप्ती नगरपालिका ७ का एक वृद्धको होम आइसोलेसनमा मृत्यु भएको हो ।
प्रेसरको बिरामी भई हात र खुट्टा नचल्ने भई असोज २६ गते सरकारी अस्पताल भरतपुरमा भर्ना गरिएको थियो । सोही दिन स्वाब संकलन गरिएको भोलि पल्ट २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनलाइ स्याहार गर्ने मानिस आवश्यक भएकोले कार्तिक ४ गते घर पठाइएकोमा आज आइतबार राती ८ बजे मृत्यु भएको हो ।

२०७७ कार्तिक ९ गते
प्रतिक्रिया
सम्बन्धित