नबिल बैङ्क “नेपालमा अग्रणी पार्टनर बैङ्क”अवार्डबाट सम्मानित
मकालु खबर
२०७७ कार्तिक १२ गते
काठमाडौँ । नबिल बैङ्क लिमिटेडलाई २०२० का लागि एसियाली विकास बैङ्क – ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्रामले ‘नेपालको अग्रणी पार्टनर बैङ्क’को रूपमा मान्यता दिइएको छ ।
एसियाली विकास बैङ्कको TSCFP द्वारा व्यापार वित्तको बजारलाई उत्थान गर्दै व्यापार बढवा दिने उद्देश्यका साथ बैङ्कहरूलाई ग्यारेन्टी र ऋण प्रदान गर्दछ ।
ट्रेड फाइनान्स प्रोग्रामले ग्यारेन्टी र ऋण मार्फत बजारमा रहेका कठिनाइहरू अन्त्य गरेर दिगो विकासका लक्ष्यहरू हासिल गर्न देशहरूलाई सशक्त गर्दछ ।
एडिबी व्यापार वित्त कार्यक्रम घोषणा अनुसार नबिल बैङ्कले १ जुलाई २०१९ देखि ३० जून २०२० सम्म नेपालमा TSCFP सँग सबैभन्दा बढी कारोबार रेकर्ड गरेको थियो ।
मकालु खबर
२०७७ कार्तिक १२ गते
प्रतिक्रिया
सम्बन्धित