गण्डकी प्रदेशमा कोरोनाबाट थप एक जनाको मृत्यु
मकालु खबर
२०७७ कार्तिक १३ गते
काठमाडौँ । गण्डकी प्रदेशमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार मृत्यु हुनेमा कास्कीको पोखरा महानगरको वडा नम्बर १३ निवासी ३६ बर्षिय महिला रहेकी छन् ।
उनको गएराती ११ बजे पश्चिमान्चल क्षेत्रीय अस्पताल अन्तर्गतको कोभिड उपचार केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो । उनलाई कार्तिक ५ गते कोरोना संक्रमण भएको थियो । गण्डकी प्रदेशमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ ।
मकालु खबर
२०७७ कार्तिक १३ गते
प्रतिक्रिया
सम्बन्धित