बिहार चुनाव : मुख्यमन्त्रीका उम्मेदवार तेजस्वीले लेखे मोदीलाई यस्तो चिठ्ठी

नयाँ दिल्ली । बिहारमा विपक्षका मुख्यमन्त्री उम्मेदवार तेजस्वी यादवले ट्वीटरमा प्रधानमन्त्रीको नाममा लेखिएको एक चिठ्ठी सार्वजनिक गरेका छन् ।

राष्ट्रिय जनता दलले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भनेका छन्– ‘आशा छ कि तपाईँले बिहारवासीसँग पछिल्लो ६ वर्षमा गरिएको प्रतिज्ञा भुल्नुभएको छैन होला र त्यसलाई पुरा गर्नुहुनेछ ।’

चिठ्ठीमा तेजस्वीले बिहारका जनताहरू विशेष राज्यको हैसियतको लागि पर्खिरहेको पनि उल्लेख गरेका छन् । बिहारवासीलाई विशेष राज्यको दर्जा र सवा लाख करोडको विशेष प्याकेज केही पनि नमिलेको उनको आरोप छ ।

उनले आखिर कहिलेसम्म निमको बहाना बनाएर बिहारको विशेष राज्यको दर्जाबाट अस्वीकृत गरिनेछ ? भन्दै उनले प्रश्न समेत गरेका छन् । चिठ्ठीमा उनले बेरोजगारी, शिक्षा, स्वास्थ्य जस्ता मुद्दामा पनि प्रधानमन्त्रीसँग प्रश्न गरेका छन् ।

अहिले बिहारमा दोस्रो चरणको मतदान जारी छ । बिहार विधानसभा चुनाव के दूसरे चरण के लिए १७ जिल्लाको ९४ सिटमा मतदान भइरहेको छ । मतदान साँझ ६ बजे सकिनेछ ।

यस चरणमा मुख्यमन्त्री पदको विपक्षी उम्मेदवार तेजस्वी यादव, उनको दाजु तेज प्रताप यादवसहित कयौँ नेताहरुको भाग्यको फैसला हुनेछ । २४३ सिटको बिहार विधानसभाका लागि दोस्रो चरणको मतदानमा कुल १ हजार ४६३ उम्मेदवार रहेका छन् । यसअघि २८ अक्टोबरको पहिलो चरणमा ७१ सीटमा मतदान भएको थियो । चुनाव आयोगका अनुसार पहिलो चरणमा ५४.२६ प्रतिशत मानिसहरुले भोट हालेका छन् ।

प्रतिक्रिया