अब कोरोना बीमाको दावी भुक्तानी ७ दिन भित्रै पाउने

काठमाडौं । अब कोरोना बीमाको दावी भुक्तानी सातदिन भित्रै पाउने भएका छन् । बीमा समितिले कोरोना बीमाको दावी भुक्तानी सात दिन भित्रै गरिसक्न बीमा कम्पनीहरुलाई निर्देशन दिएसँगै अब भुक्तानी ७ दिनमा नै पाउने भएका हुन् ।

अर्थमन्त्रालयले कोरोना बीमाको दावी भुक्तानीका लागि बीमा समितिलाई पत्र लेखेर सात दिन भित्र दावी भुक्तानी सल्टाउने व्यवस्था मिलाउन भनेको थियो ।

मन्त्रालयको पत्र अनुसार बीमा समितिले मंगलबार सबै बीमा कम्पनीहरुलाई सात दिनभित्रै दावी भुक्तानी गरिसक्न निर्देशन दिएको हो ।

 

प्रतिक्रिया