अमेरिकाले पहिलो पटक चुन्यो तेस्रोलिङ्गी सांसद

काठमाडौं । अमेरिकामा पहिलो पटक तेस्रोलिङ्गीले राजनीतिक नेतृत्वको हिस्सा पाएका छन् । डेलावेयरमा तेस्रोलिङ्गी सारा म्याकब्राइड सांसदमा निर्वाचित भएसँगै राजनीतिक नेतृत्वमा तेस्रोलिङ्गीले पनि हिस्सा पाएका हुन् ।

सारा म्याकब्राइड अमेरिकामा सबैभन्दा उच्च श्रेणीमा छानिएकी पहिलो तेस्रोलिङ्गी हुन् । उनी डेलावेयरको फर्स्ट डिस्ट्रिक्टको नेतृत्व गर्छिन् जुन एक डेमोक्रेटिक क्षेत्र हो । यसअघि उनी ओबामा प्रशासनमा एक इन्टर्नको रुपमा काम गर्थिन् ।

अमेरिकामा राष्ट्रपति चुनावसहित संसदको माथिल्लो सदन सिनेटको एक तिहाई सिटका लागि पनि चुनाव भइरहेको छ ।

एलजीबीटी अधिकारको खुल्ला रुपमा समर्थन गर्ने सारा मानव अधिकार अभियान संगठनकी राष्ट्रिय प्रेस सचिव पनि हुन् ।एलजीबीटीक्यू भिक्ट्री फन्डका अनुसार खुल्ला रुपमा आफ्नो पहिचान व्यक्त गर्ने चार तेस्रोलिङ्गी प्रदेशको सदनमा छन् ।

प्रतिक्रिया