प्रभु बैंकको नयाँ शाखा कार्यालय प्रगतिनगरमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जालविस्तार गर्ने क्रममा बुधबारदेखि नवलपुर (नवलपरासीपुर्व) जिल्लाको देवचुली नगरपालिका वडा नं. १५ स्थित प्रगतिनगरमा आफ्नो २ सय ११ औं शाखा सञ्चालनमा ल्याएको छ ।

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी बैंकले आफ्नाे सेवा विस्तार गर्ने क्रममा नवलपरासी जिल्लामा पनि आप्mनो सेवा विस्तार गर्न सफल भएको छ । प्रभु बैंकको प्रगतिनगर शाखाबाट प्रवाहगरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

प्रभु बैंकले २ सय ११ वटा शाखा कार्यालय, १ सय ९५ वटा एटीएम, ५६ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवामार्पmत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

प्रतिक्रिया