निर्वाचनका दिन पनि ट्रम्पलाई ट्विटरले दियाे यस्ताे चेतावनी
मकालु खबर
२०७७ कार्तिक १९ गते
न्युयोर्क । अमेरिकामा राष्ट्रपतिय निर्वाचन चलिरहेका बेला ट्वीटरले डाेनाल्ड ट्रम्पलाई पुनः चेतावनी दिएकाे छ ।
राष्ट्रपति ट्रम्पले डेमोक्रेट्सहरुलाई चुनावमा धाँधली गरेको र मत चोरेको भन्ने आधारहीन आरोप लगाएपछि ट्विटरले चेतावनी दिएकाे हाे । ट्विटरले उनको पोस्टलाई चेतावनी दिँदै लेबल समेत लगाइदिएका छन् ।
सो लेबलमा एउटा लिङ्क पनि जोडिदिइएको छ जसले प्रयोगकर्तालाई ‘भोटिङ इन्फरमेसन सेन्टर’ को पेजमा पुर्याउनेछ । यसमार्फत प्रयोगकर्ताहरुले निर्वाचनसम्बन्धी सही जानकारी प्राप्त गर्न सक्नेछन् ।
उक्त पोस्टमा ट्रम्पले निर्वाचनको आधिकारिक नतिजा नआउँदै आफूले जितिसकेको भन्ने दाबी समेत गरेका छन् ।
मकालु खबर
२०७७ कार्तिक १९ गते
प्रतिक्रिया
सम्बन्धित