टेक्‍सटाइल गोदाममा धमाका : ९ जनाकाे मृत्यु, २ काे अवस्था गम्भीर

एजेन्सी । अहमदाबादमा टेक्सटाइल गाेदाममा आगलागी हुँदा ९ जनाकाे मृत्यु भएकाे छ भने २ अवस्था गम्भीर छ ।

उक्त घटना बुधबार पिपलाज राेडकाे नानूकाका राज्यमा भएकाे हाे । एक केमिकल फ्याक्ट्रीमा आगलागी र विस्फाेट हुँदा नजिकैकाे टेक्सटाइल गाेदामकाे छत खसेकाे थियाे । आगाे पुरै गाेदाममा फैलँदा त्यहाँ कर्मचारी काम गरिरहेका थिए ।

तीमध्ये ९ जनाकाे मृत्यु भएकाे हाे । २ जना गम्भीर घाइते भएका छन् ।

प्रतिक्रिया