एनएमबि बैंकले गर्‍यो ५२ लाखभन्दा बढीको बीमा दाबी भुक्तानी

काठमाडौं । एनएमबि बैंकले विभिन्न खाताहरुमा दुर्घटना र गम्भिर रोगहरुविरुद्घ प्रदान गरिने बीमा दावी भुक्तानी दुर्धटना हुनासाथ र रोग पत्ता लाग्नासाथ प्रदान गरेको छ ।

तलव खाता अन्तर्गत, हालसम्म जम्मा रु. ७,४१,७२२ र सहारा बचत खाता अन्तर्गत रु. ४५,२२,३७१ बीमा दावी भुक्तानी गरिसकेको हो । आफ्नो स्थापना कालदेखी नै ग्राहक केन्द्रित भएर काम गरिरहेको बैंकले ग्राहकलाई उच्च बीमा कभरेज र भविष्यको अनिश्चितताको विरुद्घ संरक्षणमा आफ्नो स्रोत परिचालन गरेको जनाएको छ ।

बैंकको तलव खाताहरुको योजनामा शुन्य मौज्दातमै नेपाल भरी पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटिएमको साथै दश लाखसम्मको दुर्घटना बिमा प्रदान गर्दै आइरहेको छ । यसैगरी सहारा खाता योजनामा नेपाल भरी पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटिएम, दश लाखसम्मको दुर्घटना बिमाको साथै १८ घातक रोगहरुमा स्वास्थ्य उपचार विमा सुविधा प्रदान गर्दै आइरहेको बैंकले जनाएको हो ।

बैंकको ईन्स्युरेन्स पार्टनरहरुमा एनएलजी ईन्स्युरेन्स, शिखर ईन्स्युरेन्स, नेको ईन्स्युरेन्स, रिलाईन्स लाइफ ईन्स्युरेन्स, सागरमाथा ईन्स्युरेन्स र राष्ट्रिय बिमा कम्पनी रहेका छन् । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु-याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, बिस्तारित सेवा तथा शाखा रहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहक माझ सेवा पु-याउदै आईरहेको छ ।

एनएमबि बैंकले १८६ शाखाहरु, ८ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरुको मजबुत सञ्जालका साथै ३,५०० क्यूआर र १०,०७० भन्दा बढी पोस मेसिन मार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया