घोडाभन्दा अघि बग्गी दौडिँदाका परिणाम

भारतको गुजरातका एक वकिल अदालतमा बहस गरिरहेका थिए । त्यही समय गाउँमा उनकी पत्नी सिकिस्त विरामी रहेको खबर आयो । स्याहारसुसारका लागि गाउँ गए । केही समयपछि उनले लडिरहेको एउटा मुद्दाको बहस गर्ने समय आयो । एकातिर गाउँमा सिकिस्त पत्नी अर्कोतिर एउटा निर्दोष व्यक्तिलाई बिनाकारण सजाय हुनबाट जोगाउनु पर्ने थियो । बिचरा वकिल के गर्ने, के नगर्ने कुनै निर्णय लिन सकिरहेका थिएनन् ।

पतिको बेचैनी राम्ररी बुझेकी पत्नीले भनिन–‘मेरो चिन्ता नलिनुस् । छिट्टै शहर गएर बहस थाल्नुस् । कुनै निर्दोष मान्छेलाई बिना कसुर सजाय भयो भने त्यो अपराधको भागी हामी दुवै हुनेछौं ।’

पत्नीको सल्लाह मानेर उनी शहर पुगेर बहसमा भाग लिए । अदालतमा बहस चलिरहेको बेला उनलाई कसैले चिठी दियो । खर्रर्र चिठी पढेर खल्तीमा राखे । अनि फेरि बहस थाले । उनको पक्षमा फैसला भयो । एउटा निर्दोष व्यक्तिलाई बिना कसुर सजाय हुनबाट जोगाएको खुसीमा अदालतको माहोल अर्कै थियो । सहकर्मी वकिलहरुले बधाई दिए ।

एउटा साथीले बहस गर्दागर्दै पाएको चिठीको विषयमा जिज्ञासा राखे । उनले खल्तीबाट निकालेर त्यो पत्र पढ्न दिए । चिठी हेरेका साथीको आँखामा उदासी, सहानुभूति र आँशुका थोपा थिए । त्यो चिठी वकिलकी पत्नीको मृत्यु खबर बोकेर आएको थियो ।

जनताले नेताको शालिक बनाउन र भत्काउन दुवै जानेका हुन्छन् । सद्दाम हुसेनको शालिक इराकीले बनाए पछि उनैले भत्काए । बेलायतमा निरंकुश राजालाई जनताले फाँसी दिए ।

साथीहरुले हैरान हुँदै प्रश्न गरे–‘किन त्यस्तो सिकिस्त बिरामी पत्नी छोडेर बहस गर्न आएको ?’ जवाफमा भने–‘म उनैको आग्रहमा आएको हुँ । उनलाई थाहा छ–‘कुनै निर्दोषलाई बचाउनुभन्दा ठूलो कुनै धर्म छैन ।’ तिनी थिए–भारतका सुप्रसिद्ध वकिल सरदार बल्लभ भाई पटेल । यही कर्तव्य र निष्ठाका कारण भारतमा ‘लौह पुरुष’ उपमाले प्रसिद्धि पाएका छन् । भारत सरकारले गुजरातमा विश्वकै विशाल मानवीय संरचनामध्ये एक मानिने शालिक बनाएर पटेलको सम्मान गरेको छ ।

जनताले नेताको शालिक बनाउन र भत्काउन दुवै जानेका हुन्छन् । सद्दाम हुसेनको शालिक इराकीले बनाए पछि उनैले भत्काए । बेलायतमा निरंकुश राजालाई जनताले फाँसी दिए । कालान्तरमा निर्दोष प्रमाणित भएपछि तिनै राजाको कंकाल राजगद्दीमा राखेर पूजा गरे । अँध्यारो र उज्यालोको पाटो खासै फरक हुँदैन । नीति नियमभन्दा नियत धेरैमाथि हुन्छ । चैतन्य र प्रज्ञाबाट चलेको राजनीतिमा जनताको प्राणवायु लुकेको हुन्छ ।

नेपालको राजनीति एकदम सरल छ । सिंहदरबारले सत्ताको राप अनि तापले नभेटेकाहरुलाई सम्बोधन गर्ने वित्तिक्कै देशका तमाम समस्या समाधान हुन्छन् । जसले जतिसुकै डोरी बाटे पनि आखिर कृषकले समयमा मल बीउ, न्यायमा सर्वसाधारणको पहुँच अनि विधिको शासन बाहेक कसले के नै मागेको छ र ? एउटी नारी भृकुटी चीन पुगिन, साइनोको सेतू बनिन् । अरनिको पुगे, संस्कृतिको अमिट बाटो कोरे । बीपी गए, संसारको धुरी सगरमाथालाई नेपालको पोल्टोमा पारे । अपठित जंगबहादुर बेलायत पुगेर आएपछि सेनामा सुधार गरे । छापाखाना प्रारम्भ गरे ।

पूर्वाग्रह हैन, जनताको शासन भनिएको गणतन्त्रको अर्थशास्त्रीय तथ्यांकले भन्छ–मुलुक कसैले चलाएको छैन, आफै चलेको छ । यस्तो निष्प्राण ढंगले मुलुक चल्नु र रोबर्ट एकै हो । एक्काइसौं शताब्दीमा सभ्य भनिएका नेताहरु सोच्दा पनि अशिष्ट र जंगली लाग्ने जातिवादी नारा लिएर चुनावमा जान्छन् । झापड् पाएपछि निगुरमुन्टी न भएर फर्किन्छन् । आफ्नै घरलाई अनुशासनमा राख्न नसकेर छोराछोरी नै चार दिशातर्फ मुख फर्काउने अवस्था झेलिरहेका उनीहरुलाई संघीयता शब्द सुगा शैलीमा कण्ठ छ तर त्यसको दायित्व थाहा छैन ।

वित्तीय अनुशासनका कुरा गर्ने मान्छे पागल करार हुने अवस्था छ । झन् लोकतन्त्र त ठूला भनिएका दुई दलले कोरलेको अण्डा जस्तो भएको छ । उनीहरुले जुन रंगको अण्डा कोरलेर दिन्छन् त्यसैलाई सालिग्राम मानेर सबैले पूजा गर्नुपर्ने बाध्यता छ । देश अब नेताले हैन, एजेन्टले चलाउने दिन सघन रुपमा देखिदै आएको छ ।

घोडाभन्दा अघि बग्गी दौडियो भने के हुन्छ ? हामी अहिले त्यही उल्टो यात्रामा छौं । सिंहदरबार सधैं सिंहदरबार धाउने र त्यहीं वरिपरि छाउनेहरुको बपौतिजस्तै बनेको छ । तर सिंहदरबारका गद्दीसिनहरुले त्यहाँ पहुँच नपुगेकाहरुमा दुरदृष्टि कहिल्यै मिल्काउन सकेनन् । शासन व्यवस्था तापको अखडा बन्यो । त्यसलाई प्रकाशमा बदल्ने हिम्मत कसैले गर्न सकेनन् । राजनीतिमा तोड्ने कैंचीहरु धेरै जन्मिए । सानै होस् न जोड्ने सियो कोही भएनन् । हुन खोज्नेहरु एक्लिए । समयसँगै युनिभर्सिटीको प्रमाणपत्र लिनेहरु बढे होलान तर जनताको चेतना, आकांक्षा र आवश्यकतामा त्यति ठूलो अन्तर आउँदैन् । हामीले भनेको परिवर्तन मूलतः टाइपराइटरबाट कम्प्युटरमा प्रवेश गरेको मात्र हो ।

आजभन्दा ६० वर्षअघि राजा महेन्द्रले निकालेको शाही विज्ञप्ति अहिलेका राष्ट्र प्रमुखले निकाल्ने भन्दा अन्तर छैन । जसमा भनिएको छ–‘जनता पनि अघिभन्दा बढी मात्रामा होशियार र चेतनशील भैसकेकोले देश र जनहितको काम गरे नगरेको थाहा पाउने भइसकेका छन् । यो तथ्यलाई सबैले बुझी, राजनैतिक पार्टीहरुले पनि वर्तमान परिस्थितिमा परस्परको मतभेद, ईष्र्या र द्वेष बिर्सी, समयको मागलाई बुझी, देश र जनहितको ख्याललाई ध्यानमा राखी, मातृभूमिको सेवा नै परम कर्तव्य हो र देशको कल्याण हामी सबैको कर्तव्य हो भन्ने मूलमन्त्रलाई राम्ररी सम्झेर कार्यक्षेत्रमा आउने बेला छ । अब सबैले दलगत स्वार्थ र सङ्कुचित मनोभावनालाई त्यागी मुलुकलाई सुदृढ तरीकाले एकताको मजबूत आधारमा अघि बढाउँदै लैजानु पर्दछ ।’

राजालाई समेत आफ्नो पार्टीको सदस्य बनाएको देशकै सवैभन्दा जेठो दल प्रजा परिषद्का युवा कार्यकर्ताहरु यति जोशिला थिए, जो सुरुवालको इँजारभित्र साइनाइट बोक्थे । प्रजातन्त्रका खातिर कफन बाँधेका उनीहरु राणाहरुको कब्जामा पर्ने अवस्था आए साइनाइट सुँँघेर सिद्दिने तर पार्टीको सूचना नचुहाउने मानसिक तयारीमा देखिन्थे । बयान, बकपत्र, बिजुलीको झड्काभन्दा उनीहरुका लागि मृत्यु प्यारो थियो । साइनाइट, खाएर वा सुँघेर कसैले आत्महत्या ग-यो भने त्यो ब्रम्हहत्या हुन्छ भन्ने डरले राणा शासक युवाहरुको खानतलासी गर्थे । एकपटक त एउटा युवाको इँजारमा भेटिएको धुलो खानेकुरा मिसाएर कुकुरलाई दिँदा कुकुर ठाउँका ठाउँ मरेको थियो । साइनाइट उपलब्ध गराएको भनेर कम्पाउन्डर चन्द्रमान सैंजूलाई कठघरामा उभ्याइयो । सत्य बकाउन उनलाई केरकार, पिटपाट, कोर्रा, कटक र बिजुली गरी घोर यातना दिइएको थियो । जुन घटनालाई ‘साइनाइट पर्व’ भनेर पनि केही इतिहासकारहरुले व्याख्या गर्ने गरेका छन् । हो, यस्तो दल प्रजा परिषद् आज कहाँ पुग्यो ? 

मुलुकलाई सुशासनमा लैजाने कागजी प्रयास त उहिल्यैदेखि भएकै हो । कागजमा घोडाको सुन्दर तस्वीर बनाउनेहरुले तबेलामा घोडा बाँध्दा आइपर्ने चुनौती र त्यसको तयारीलाई पटक्कै ध्यान दिएनन् ।

आफूलाई संसारको निर्विकल्प शक्ति भन्ने दावी गर्नेहरुले यो तथ्यलाई पनि ह्याकुलामा राख्नु जरुरी छ । संसारमा निर्विकल्प र अन्तिम सत्य मानिने मृत्युका विषयमा पनि बैकल्पिक बहस हुन थालेका छन् । नानीमैयाँदेखि करिमा बेगमले जितेको अपवादलाई राजनीतिको व्याकरण फेरिएको रुपमा हेर्नुहुन्न । आखिर तिनीहरु जसरी आए, उसरी नै गए । संसारमा हातखुट्टा नभएका करोडौं छन् तर बजारमा तिनीहरुका लागि भनेर सर्ट, पाइन्ट त सिलाइएको हुन्न नि ।

मुलुकलाई सुशासनमा लैजाने कागजी प्रयास त उहिल्यैदेखि भएकै हो । कागजमा घोडाको सुन्दर तस्वीर बनाउनेहरुले तबेलामा घोडा बाँध्दा आइपर्ने चुनौती र त्यसको तयारीलाई पटक्कै ध्यान दिएनन् । तात्कालिन राजा महेन्द्रको भाषा आफैं बोल्छ–‘आजदेखि भ्रष्टाचार निवारण आफिस, पब्लिक सर्भिस कमिसन, सेन्ट्रल इन्टलिजेन्स ब्युरो, कमाण्डरी किताब खाना मैले आफ्नै मातहत राखी काम चालू गर्ने भएको छु । त्रुटि मानिसबाटै हुन्छ । सो दोहरिन नदिनु पनि मानिसकै गुण हो । जनताको आवाजलाई महत्व दिई प्रजातान्त्रिक तरिकाले छलफल, सरसल्लाह गरी जो उचित ठहरिएला सो बमोजिम यथाशीघ्र जनताको विश्वास पात्र भई देशको हित गर्ने योग्य मन्त्रिमण्डल खडा गर्नेछु ।’

संसारमा साँचो सज्जनका लागि हो । नियम कानुन र संविधानका ठेली जतिसुकै आकर्षक बनाए पनि त्यसको सौन्दर्य पालनामा हुन्छ । लैनो गाईको फाँचोमा पुगेपनि किर्नोले खाने रगत नै हो, दूध हैन । कानुन मान्ने र नमान्नेको भिन्नता पनि यही नै हो । प्रायः मानिसहरू टाकुरा चढ्ने सपना त देख्छन् तर घर अगाडिको तगारो नाघी अघि बढ्ने हिम्मत गर्न सक्दैनन् । हामी गर्वका साथ भन्दैछौं–नयाँ युगमा प्रवेश गर्यौं । तर यस युगको अन्तिम सीमा अन्तरीक्ष नभएर मानव मस्तिष्क हो भन्ने सत्य हेक्का राख्दैनौं ।

शास्त्र भन्छ–क्रोधले बुद्धि, अहंकारले ज्ञान, चिन्ताले आयु, लोभले इमान, घुसले इन्साफ, प्रायश्चितले पाप, याचनाले स्वाभिमान र अकर्मण्यताले भविष्य सिध्याउँछ । त्यसैले अरुका लागि हैन, आफ्नै अन्तरचक्षुको अग्निपरीक्षामा खरो उत्रिनेहरु कहिल्यै पराजय हुँदैनन् । संविधानका हकमा पनि यो सत्य पूरापूर लागू हुन्छ ।

ऋग्वेद सुक्त ७२-२ मा भनिएको छ–‘असत्यमा सत्य स्थापित छ ।’ कहिल्यै ननासिने शास्त्रीय आत्मालाई विज्ञानले इलेक्ट्रोन, प्रोटोन र न्युट्रनको नाम दिएको छ । इलेक्ट्रोन कहिल्यै नास हुँदैन । आत्माजस्तै इलेक्ट्रोन शाश्वत एवं पुरातन छन् । आत्मा र परमात्माबीच घनिष्ट सम्बन्ध हुनाले इलेक्ट्रोनकै माध्यमबाट वैज्ञानिक जगत पनि परमात्मासम्म पुग्न सक्ने आशा गर्दछ । मानिसको आहार विहार पनि तीन प्रकारको हुन्छ भन्दै गीताले आहारको प्रभाव मानिसको मनमस्तिष्कमा पर्ने विश्वास प्रकट गरेको छ । आहारलाई सात्विक, राजसिक र तामसिक भनेर तीन श्रेणीमा विभिाजन गरिएको छ । सात्विक आहारबाट मानिसमा सद्गुणको वृद्धि हुने, तामसिक आहारबाट मानिसमा तमोगुण बढेर दुष्कर्मतिर प्रवृत्त हुने जीव हत्या गरेर पाइने मासुलाई तामस आहार भनिएको छ । यस्तो आहारबाट मानिसमा आसुरी गुण उत्पन्न भई यसले मानिसलाई निर्दयी, निष्ठुर र क्रुर बनाई दुष्कर्मतिर धकेल्छ ।

पत्याउनुहुन्छ ? मानिसको शरीरमा पानीबाहेक २२ सय सलाईको काँटी बनाउन पुग्ने फस्फोरस, सल्फर र २५ मिमि नङ तयार पार्न पुग्ने आइरन र ३० ग्राम अन्य धातु हुन्छ । मानिसको फोक्सोमा तीन क्यापिलरिज (अत्यन्तै साना रक्तनली) हुन्छन्, जसलाई पैmल्याउँदा त्यसको लम्बाई २४ सय किलोमिटर हुन्छ । तर के गर्नु शरीरमा आगो छ भनेर ताप्न त नमिल्ने रहेछ । मुलुक अन्धकार छ भनेर त्यसलाई बिजुलीको तार बनाउन नसकिने रहेछ । 

नीतिले भन्छ–‘जो राजर्षि बनी देशको सेवा गर्छ उसले गिद्धको जस्तो दृष्टि, सिंहको जस्तो साहस, इन्द्रियमा अनुशासन, रहस्य लुकाउने क्षमताजस्ता गुणहरु आफूमा सुरक्षित राख्नु आवश्यक छ ।’ प्रकृतिले मानिसको शरीरलाई यस्तो चमत्कारयुक्त बनाएको छ, जसका अगाडि संसारका सवै वस्तु रंगहीन ठहर्छन् ।

चाणक्यले मानिसको नैतिक साहसको मूल्य बताउँदै भनेका छन्–‘ठूला महापुरुष आफ्ना आचार विचारमा सदैव दृढ रहन्छन् । जब कि युगको अन्त्यमा सुमेरु पर्वतले पनि आफ्नो ठाउँ छोड्छ । कल्प समाप्त भएपछि समुद्रमा पानीले आफ्नो सीमा नाघ्दछ र पृथ्वीलाई जलमग्न बनाइदिन्छ । तर सज्जनले आफ्नो सच्चाइ र परोपकारको बाटो कहिल्यै पनि छोड्दैन् ।’

आजसम्मका सवै सरकार प्रमुख बद्नामी बोकेर सिंहदरबारबाट निस्किए । राजनीतिक नेतृत्वले ढुक्क भए हुन्छ–समस्या राउटे, चेपाङ, कुसुण्डा बस्तीमा छैन । समस्या त समस्यालाई सधैं समस्या देखेर हात हाल्न हिम्मत नगर्ने सोचमा छ । अब पनि नचेत्ने हो भने अन्नको रासमा पुगेर भोकको गीत गाउने नियति दोहोरिने पक्का छ ।

प्रतिक्रिया