मेक्सिकोका राष्ट्रपति भन्छन्– अहिले नै बाइडनलाई बधाई दिनु हतार हुनेछ

एजेन्सी । मेक्सिकाेका राष्ट्रपति एन्ड्रेस मेनवेल लोपेस ओब्राडोरले अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाइ अहिले नै बधाई दिनु हतार हुने बताएका छन् । कयाैँ देशका प्रधानमन्त्री, नेताहरूले बधाई दिइरहेका बेला उनकाे यस्ताे अभिव्यक्ति आएको हाे ।

उनी बधाई दिन धेरै चाँडाे भएकाे भन्दै कानुनी मुद्दा समाप्तपछिकाे अवधि कुरिरहेका छन् बधाई दिन । उनकाे संकेत राष्ट्रपतिका उम्मेदवार डाेनाल्ड ट्रम्पले लगाएकाे निर्वाचन धाँधलीतर्फ थियाे । ट्रम्पले धाँधली भएकाे भन्दै अदालतमा निवेदन दिएका थिए । यद्यपी उनले दाबी सम्बन्धमा कुनै प्रमाण पेश गरेका छैनन् ।

यसैलाइ मध्येनजर गर्दै मेक्सिकाेका राष्ट्रपति ओब्राडोरले शनिबार सञ्चार माध्यमहरूसँग भने- ‘म कुनै लापरवाही गर्न चाहन्नँ । म मानिसहरूकाे फैसला र हककाे सम्मान गर्न चाहन्छु ।’

अमेरिकाको ४६ औँ राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन विजयी भएका छन् । अमेरिकी सञ्चार माध्यमहरूका अनुसार पेन्सलभेनिया राज्यको मतगणना सकिएसँगै बाइडेनका लागि ह्वाइट हाउस प्रवेशको बाटो खुलेको हो ।

बीबीसीले गरेको प्रक्षेपण अनुसार उनले यो महत्त्वपूर्ण राज्यमा जित हासिल गरेपछी उनीसँग २७३ इलेक्टरल कलेज मत हुनेछ जुन जितका लागि आवश्यक २७० मत भन्दा बढी हो । यो जितसँगै बाइडेन पछिल्ला तीन दशकमा पदासीन राष्ट्रपतिलाई हराउने पहिलो उम्मेदवार भएका छन् । तर, ट्रम्पले अझै पनि यो नतिजालाई स्वीकार गरेका छैनन् । यो नतिजाले ट्रम्पलाई सन् १९९० यता पहिलो एक कार्यकालमात्रै शासन गर्ने अमेरिकी राष्ट्रपति बनाएको छ ।

 

प्रतिक्रिया