एभरेष्ट बैंकको नाफा ५१ प्रतिशतले घट्यो, अरु सूचक कस्तो ?

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एभरेष्ट बैंकको खुद नाफा ५१.५४ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ६९ करोड ८ लाख कमाएको बैंकले खुद नाफा कमाएको थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३३ करोड ४७ लाख मात्र नाफा कमाएको छ । यस अवधिमा बैंकको वितरण योग्य मुनाफा १३ करोड ५९ लाख रहेको छ ।

बैंकको खुद ब्याज आम्दानीमा पनि गिरावट आएको छ । बैंकको खुद ब्याज आम्दानी २८.५७ प्रतिशतले घटेर १ अर्ब २ करोड कायम भएको छ ।

अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ४३ करोड थियो । बैंकको निक्षेप ९.०६ प्रतिशतले बढेर १ खर्ब ५६ अर्ब पुगेको छ भने कर्जा प्रवाह ३.३१ प्रतिशतले बढेर १ खर्ब १५ करोड पुगेको छ ।

बैंकको खराब कर्जा पनि ०.१७ प्रतिशतबाट बढेर ०.२२ प्रतिशत पुगेको छ । ८ अर्ब ५१ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा १० अर्ब ४४ करोड रहेको छ ।

यस अवधिमा बैंकको प्रति शेयर आम्दानी १५.७३ रुपैयाँ, प्रति शेयर नेट वर्थ २२२.७४ रुपैयाँ, मूल्य आम्दानी अनुपात १६.०५ गुणा, बेस रेट ७.०७ प्रतिशत, स्प्रेड दर ३.९४ प्रतिशत, कोषको लागत ५.३७ प्रतिशत, सिसिडि ७०.२७ र पुँजी पर्याप्तता अनुपात १३.०३ रहेको छ ।

प्रतिक्रिया