सिटिजन्स बैङ्कका ग्राहकहरूले सङ्गम स्विटस् मा १० प्रतिशत छुट पाउने

काठमाडौँ । सिटिजन्स बैङ्क इन्टरनेशनल लिमिटेडका ग्राहकहरूले सङ्गम स्विटस् मा १० प्रतिशत छुट पाउने भएका छन् । बैङ्कका ग्राहकहरूले सङ्गम स्विटस्का काठमाडौँ उपत्यका भित्रका कुनै पनि शाखाबाट मिठाई लगायतका सामाग्री खरिद गर्दा १०५ छुट पाउने छन् । नजिकिँदै गरेको तिहारलाई लक्षित गरी ल्याइएको यो योजनाबाट बैङ्कका ग्राहकहरू लाभान्वित हुने विश्वास बैङ्कले लिएको छ ।

सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले देशै भरी फैलिएका आफ्ना १११ वटा शाखा, ९९ वटा ए.टि.एम. र १०४ वटा शाखा रहित बैंकिङ्ग एकाइहरूबाट करिब साढे ६ लाख ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ ।

बैङ्कले कोरोना महामारीमा सावधानी पूर्वक आफ्ना ग्राहकहरूको वित्तीय आवश्यकताहरू डिजिटली प्रदान गरिरहेको छ ।

यसलाई मूर्त रूप प्रदान गर्न बैङ्कले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान विथड्र सेवा, मोबाइल बैंकिङ्गको पिन नं बिर्सेमा घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरूको थालनी गरेको छ ।

साथै कोभिड–१९ को त्रास अझै पनि कायम रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहकलाई सकेसम्म बैङ्कमा नआईकनै बैङ्किङ सुविधा प्राप्त गर्न सहज होस् भनी बचत खाता सञ्चालन गर्दै आएकालाई बैङ्कको मोबाइल बैङ्किङ, इन्टरनेट बैङ्किङ, कार्ड लगायतका डिजिटल भुक्तानीका माध्यमहरूमा पहिलो वर्षको शुल्क मिनाहा हुने व्यवस्था समेत मिलाइएको छ ।

यस प्रकारको सेवाबाट बैङ्कका ग्राहकहरूले सहज रूपमा सेवा प्राप्त गरी लाभान्वित हुने, डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास बैङ्कले लिएको छ ।

प्रतिक्रिया