महालक्ष्मी विकास बैंक र एस. आर. एल. डायगनोस्टिक (नेपाल) बीच सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र एस. आर. एल. डायगनोस्टिक (नेपाल) प्रा. लि. बीच सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट महाराजगंज शाखाका प्रमुख पल्लभ श्रेष्ठ र कम्पनीका तर्फबाट नायब बजार प्रमुख अजय यादवले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरु तथा कर्मचारीहरुले एस. आर. एल. डायगनोस्टिक (नेपाल) प्रा. लि. मा उपचार गराउँदा प्रयोगशाला परिक्षणमा छुट प्राप्त गर्न सक्नेछन् ।

यस्तै बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरु साथै कर्मचारीहरुले प्रयोगशालाका सम्पूर्ण परीक्षणमा १५% आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया