विदेशमा हुनुहुन्छ ? तिहारमा ‘हाम्रोपात्रो’मार्फत यसरी पठाउनुस् गिफ्ट

काठमाडौं । लोकप्रिय नेपाली एप ‘हाम्रो पात्रो’ मार्फत गिफ्ट पठाउन सकिने व्यवस्था मिलाइएको छ । कम्पनीले विदेशमा रही नेपाल स्थित आफ्ना आफन्त तथा साथीभाइलाई विभिन्न उपहार सामग्री पठाउन सकिने गरी ‘हाम्रोगिफ्’ सेवा सुरु गरेको हो ।

तिहार तथा भाइटीकाका लागि कम्पनीले प्रि-अर्डर लिन सुरु गरिसकेको जनाएको छ । उपहार सामग्री तथा मिति चयन गरी प्रि-अर्डर गर्न सकिनेछ । यसरी चयन गरिएको मितिमै डेलिभरी सेवा उपलब्ध गराइनेछ भने तिहारलाई लक्षित गरेर कम्पनीले नोभेम्बर १६ सम्मका लागि २५ डलर माथिको अर्डरमा डेलिभरी निःशुल्क गराएको छ ।

भाइटीकाका लागि विशेष रुपमा भाई मसलाका तीन वटा कम्बो प्याक तयार पारिएका छन् । जसमा भ्यालु प्याक, स्ट्यान्डर्ड प्याक र प्रिमियम कम्बो प्याक रहेका छन् । हाललाई हाम्रोपात्रोले काठमाडौँ उपत्यकाभित्रका तीनवटै जिल्लामा उपहार सामग्रीको डेलिभरी सेवा उपलब्ध गराउनेछ भने विदेशमा रहेका व्यक्तिले इन्टरनेसनल कार्डबाट भुक्तानी गरी गिफ्ट पठाउन अर्डर दिन सक्नेछन् ।

यसरी प्राप्त अर्डर २४ घण्टाभित्र डेलिभरी दिइने हाम्रोपात्रो इंकले जनाएको छ । ‘हाम्रो गिफ्ट’मा लक्ष्मीपूजाको लागि आवश्यक बत्ती, मूर्ति, दियो, फूलमाला आदि जस्ता उपहार सामग्रीहरु समावेश गरिएको छ । लिक्वेर, विद्युतीय सामग्री, झिलिमिली बत्ती, मिठाई, केक, चकलेट, टेडी बियर, कार्ड, घडी, बडी स्प्रे तथा परफ्यूम, मोबाइल फोन, कपडा, होम अप्लायन्सेस, ड्राइ फ्रुट, फोटो फ्रेम, जुस लगायतका सामग्री समेत हाम्रोपात्रोबाट अर्डर गर्न सकिनेछ ।

इच्छुक ग्राहकले यहाँ क्लिक गरी हाम्रोपात्रो मार्फत् नेपालमा रहेका आफ्ना आफन्त तथा साथीभाइलाई गिफ्ट पठाउन सक्नेछन् । कुनैपनि गिफ्ट आइटम अर्डर गर्दा त्यहाँ देखिने सन्देश लेख्ने ठाउँमा सम्बन्धितले प्राप्त गर्न अथवा पठाउन खोजेको गिफ्टमा आफूले अभिव्यक्त गर्न खोजेको सन्देशलाई लेख्न सक्नेछ ।

त्यस सन्देशलाई प्रिन्ट गरी गिफ्ट कम्पनीले आइटममा संलग्न गर्नेछ भने प्राप्त गर्ने स्थानमा डेलिभर गरिने कम्पनीको भनाइ छ । हाललाई वेबसाइटमा उपलब्ध रहेको हाम्रो पात्रोको ईकमर्स सेवा चाँडै मोबाइल एपमा उपलब्ध हुने जनाइएको छ ।

प्रतिक्रिया