बिहारमा सत्तारुढ गठबन्धनलाई बहुमत

काठमाडौँ । भारत बिहार राज्यमा भएको चुनावमा भारतीय जनता पार्टी (भाजपा) सहितको सत्तारुढ राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडीए)ले बहुमत पाएको छ । २४३ सिटका लागि भएको विधानसभा चुनावमा एनडीएले १२५ सीट जितेसँगै फेरि पनि सरकार बनाउन जनादेश पाएको हो ।​

२४३ सदस्यीय विहार विधान सभामा बहुमतका लागि १२२ सिट आवश्यकता पर्दछ । चुनाव जित्ने अनुमान गरिएको महागठबन्धनले केबल ११० सिटमा जित हासिल गरेको छ । निर्वाचन परिणाम सँगै पछिल्लो तीन कार्यकाल मुख्यमन्त्री रहेका नितिशकुमार फेरी विहारको मुख्यमन्त्री बन्ने भएका छन् ।

निर्वाचन परिणाम अनुसार तेजश्वी यादवले नेतृत्व गरेको राष्ट्रिय जनता दलले सबैभन्दा धेरै ७५ सिटमा जित हासिल गरेको छ । अघिल्लो चुनावमा यो पार्टीले ८० सिटमा जित हासिल गरेको थियो । त्यस्तै भारतीय जनता पार्टीले ७४ सिटमा जित हासिल गरेको छ । २०१५ को निर्वाचनमा भाजपाले ५३ सिटमा जित हासिल गरेको थियो ।

त्यस्तै नितिश कुमारको पार्टी जनता दल युनाइटेडले ४३ सिटमा जित हासिल गरेको छ । २०१५ मा नितिशको पार्टीले ७१ सिटमा जित हासिल गरेको थियो । त्यस्तै २०१५ मा २७ सिट जितेको काँग्रेसले अहिले केवल १९ सिटमा जित हासिल गरेको छ । त्यस्तै अन्यले ३२ सिटमा जित हासिल गरेका छन् ।

प्रतिक्रिया