नबिल बैंकले ल्यायो तिहारमा पनि सामाजिक सन्देशमुलक भिडियो

काठमाडौं । नबिल बैंकले तिहारमा पनि सामाजिक सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ । बैंकले सुरक्षित तवरले तिहार मनाऔं भन्ने सन्देश दिनको लागि तिहार भिडियो सार्वजनिक गरेको हो ।

नबिल बैंकले दशैंको बेला पनि सुरक्षित तवरले दशैं मनाऔं भन्ने सन्देशका साथ एउटा भिडियो सार्वजनिक गरेको थियो । जसलाई सबैले धेरै मनपराएको थियो ।


उक्त भिडियोमा देखाइएको कथा अहिले धेरैको जीवनसँग मेल राख्न गएकोले उक्त भिडियोले लाखौंको मन छुन सफल भयो । जसको फलस्वरुप नबिलको दशैंको भिडियो सामाजिक संजालमा (फेसबुक, युटुब, इन्ष्टाग्राम, टुईटर, लिंक्डइन) कुल १३ लाख दर्शकहरुले हेरेका छन् ।

तिहारको यस भिडियोले अहिलेको अवस्थामा भौतिकरुपमा भन्दा भावनात्मकरुपका नजिक भएर तिहार मनाऔं भन्ने सन्देश सरल ढंगले दिएको छ । जसले पहिले जस्तै सबैको मन जित्नेछ भन्ने अपेक्षा लिएको छ ।
भिडियो हेर्न लिंकमा जानुहोस् : https://youtu.be/UDHa2E6ekNA

प्रतिक्रिया