रोमानियाको कोभिड अस्पतालमा आगलागी, १० जनाको मृत्यु
मकालु खबर
२०७७ कार्तिक ३० गते
काठमाडौं । दक्षिपूर्वी यूरोपको देश रोमानियाको कोभिड अस्पतालमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ । कोरोना संक्रमितको उपचार गरिँदै आएको अस्पतालमा शनिबार आगलागी हुँदा कम्तिमा १० जनाको मृत्यु भएको हो ।
आगलागीका कारण केही गम्भीर घाइते भएका छन् । जसमध्ये ७ जनाको अवस्था गम्भीर रहेको समाचार एजेन्सी एपीले जनाएको छ । उत्तर–पूर्वी शहर पिएत्रा निभएमतमा रहेको अस्पतालको सघन उपचार कक्षमा आगलागी भएको हो ।
विद्युत सट भएर आगलागी भएको हुन सक्ने रोमानियाका स्वास्थ्य मन्त्री नेलु तातारुले बताएका छन् । रोमानियामा कोरोनाका कारण अहिलेसम्म ३ लाख ५३ हजार संक्रमित भएका छन् भने झण्डै ९ हजारको मृत्यु भएको छ । –एजेन्सी
मकालु खबर
२०७७ कार्तिक ३० गते
प्रतिक्रिया
सम्बन्धित