इजरायलमा ६ महिनादेखि सरकार विरोधी प्रदर्शन, प्रधानमन्त्रीको राजीनामा माग

जेरुसेलम । इजरायलमा ६ महिनादेखि सरकार विरोधी प्रदर्शन हुँदै आएको छ । शनिवार राति पनि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध विशाल प्रदर्शन भएको छ ।

महिनौँदेखिको आन्दोलनलाई निरन्तरता दिन शनिबार राति पनि हजारौँ प्रदर्शनकारीहरु प्रदर्शनमा उत्रिएका थिए ।

हजारौं मानिसहरुले जेरुसेलमस्थित नेतान्याहुको कार्यालय अगाडि प्रदर्शन गरेका थिए । इजरायलमा नेतान्याहु विरुद्ध पछिल्लो ६ महिनादेखि नै आन्दोलन जारी छ ।

चिसो मौसम र वर्षाको बावजुद पनि साना आयोजक संस्थाको आह्वानमै हजारौँ नागरिकले प्रदर्शनमा भाग लिएका थिए।

कोरोनाभाइरस संकट समाधानमा गम्भीर नदेखिएको र भ्रष्टाचारको आरोप लागेकाले नेतान्याहुले तत्काल राजीनामा दिनुपर्ने आन्दोलनकारीको माग छ ।

इजरायलमा पछिल्लो समय उत्पन्न संकटले गर्दा बेरोजगारी बढ्नुका साथै आर्थिक अवस्था नाजुक बन्दै गएको छ ।एजेन्सी

प्रतिक्रिया