‘काँग्रेसलाई ५ वर्ष विपक्षमा बस्ने जनादेश छ’
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले काँग्रेसलाई ५ वर्ष विपक्षमा बस्ने जनादेश रहेको स्पष्ट पारेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको भेटवार्तालाई लिएर विभिन्न अड्कलबाजी भइरहेका बेला प्रवक्ता शर्माले काँग्रेसलाई ५ वर्ष विपक्षमा बस्ने जनादेश रहेको स्पष्ट पारेका हुन् ।
कांग्रेसलाई नागरिकले पाँच वर्ष विपक्षमा बस्ने जनादेश दिएकाले कुनै पनि भड्कावबाट टाढा रहेको उनको भनाइ छ । ओली र देउवाका बीचको भेटतर्फ संकेत गर्दै प्रवक्ता शर्माले नेकपाको द्वन्द्वमा कांग्रेस नफस्ने पनि स्पस्ट पारे ।
उनले भनेका छन्- ‘भ्रम ; कोहि कसैलाई केही छ भने ! ५ बर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश छ कांग्रेसलाई । अत कुनैपनि भड्कावबाट टाढा छौं, रहनेछौं । नेकपाको द्वन्द्वसँग विलकुल निरपेक्ष छौं । अत यता या उताको जोड घटाउमा कांग्रेसको शिर गन्ने धृष्टता कोहिबाट नहोस्, सजग गराउंदछौं । जय नेपाल !’
भ्रम ; कोहि कसैलाई केही छ भने !
५ बर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश छ कांग्रेसलाई l
अत कुनैपनि भड्कावबाट टाढा छौं,रहनेछौं l
नेकपाको द्वन्द्वसंग विलकुल निरपेक्ष छौं l अत यता या उताको जोड घटाउमा कांग्रेसको शिर गन्ने धृष्टता कोहिबाट नहोस्, सजग गराउंदछौं l जय नेपाल ! pic.twitter.com/g4GBq1hRdn— Bishwa Prakash शर्मा (@bishwaprakash77) November 22, 2020
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शुक्रबार बालुवाटारमा भएको भेटमा सत्ता साझेदारीको कुरा भएको भन्ने समाचारहरू सञ्चारमाध्यममा आएपछि प्रवक्ता शर्माले ट्वीटरमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।
यस्तै नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले प्रधानमन्त्री केपी ओलीसँग सत्तासाझेदारी गर्नु कांग्रेसका निम्ति आत्महत्या हुने बताएका छन् । प्रधानमन्त्रीले सत्तासाझेदारीको प्रस्ताव राखेको बताइएका बेला काँग्रेस नेता केसीले काँग्रेस सरकारमा जान नहुने धारणा राखेका हुन् ।
प्रम ओलीले नेका सँग सयुक्त सरकारको प्रस्ताव राखेको हल्ला छ।स्थिरता,समृद्धि र स्वर्ग लाने भ्रम छरेर आएको,भ्रष्टाचारमा चुर्लुम्म डुबेका संग, फोहोरको भारी बोक्न यसमा संलग्न हुनु वा सत्तामा जाने हतार गर्नु नेकाको निम्ति आत्महत्या हुने छ।उनीहरू टुटुन,फुटुन वा जुटुन यो उनकै समस्या हो।
— Arjun Narasingha Kc (@ArjunNarasingha) November 22, 2020