बुटवलमा अर्थमन्त्री विष्णु पौडेललाई देखाइयो कालोझण्डा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेललाई बुटवलमा कालो झण्डा देखाइएको छ । राजधानीसँग अर्थमन्त्री पद साटेको भन्दै नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ रुपन्देहीले मन्त्री पौडेललाई कालोझण्डा देखाएको हो ।

उनलाई बुटवलबाट पश्चिम सैनामैनातर्फ जाने क्रममा तिनाउ पुल नजिक नेपालगन्ज रोडमा कालो झण्डा देखाएको थियो । नेवि संघ र तरुण दलका कार्यकर्ताले कालोझण्डा देखाउँदै सडकमा नाराबाजी समेत गरेका थिए । प्रहरीले कालो झण्डा देखाउने प्रदर्शनकारीलाई तत्कालै सडकबाट हटाएपछि नेता पौडेल आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

हालै प्रदेशको स्थायी राजधानी दाङ तोकिएको थियो । यसअघि राजधानी तोक्ने क्रममा पनि कांग्रेस कार्यकर्ताले विरोध गरेका थिए ।

प्रतिक्रिया