भारतमा काेराेना संक्रमित संख्या ९४ लाख नाघ्याे, साेमबार मात्रै ३८ हजार बढीमा संक्रमण पुष्टि
मकालु खबर
२०७७ मंसिर १५ गते
एजेन्सी । भारतमा पछिल्लाे २४ घण्टामा ३८ हजार ७७२ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ ।
थप संक्रमितसँगै त्यहाँ काेराेना संक्रमित हुनेकाे संख्या ९४ लाख नाघेकाे भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।
हाल भारतमा ९४ लाख ३१ हजार ६९२ जना कोरोना भाइरस संक्रमित रहेका छन् । जसमध्ये ८८ लाख ४७ हजार ६०० व्यक्ति संक्रमणमुक्त भएका छन् । हाल ४ लाख ४६ हजार ९५२ व्यक्ति अझै पनि सक्रिय संक्रमित अवस्थामा छन् ।
भारतमा कोरोना भाइरस संक्रमणबाट २४ घण्टामा थप ४४३ जनाको मृत्यु भएको र यो सहित भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ३७ हजार १३९ पुगेको छ ।
मकालु खबर
२०७७ मंसिर १५ गते
प्रतिक्रिया
सम्बन्धित