ग्लोबल आइएमई बैङ्क र पश्चिम रुकुमका दुई नगरपालिकाबीच सम्झौता, १० लाखसम्म सहुलियतपूर्ण कर्जा दिने
मकालु खबर
२०७७ मंसिर १८ गते
काठमाडौँ । ग्लोबल आइएमई बैङ्क लिमिटेड र मुसिकोट तथा आठबिसकोट नगरपालिका (पश्चिम रुकुम) बिच सहुलियतपूर्ण कर्जाका लागि सम्झौता भएको छ ।
बैङ्कका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र मुसिकोट नगरपालिकाका प्रमुख देवीलाल गौतम र आठबिसकोट नगरपालिकाका प्रमुख गोरख बहादुर के.सी का बिच छुट्टा छुट्टै रूपमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
नगरपालिकाले उद्यम व्यवसाय गर्न इच्छुक समूहलाई परामर्श तथा उद्यमशीलता सम्बन्धी तालिम दिनेछ । तालिम पाएका किसान वा व्यवसायीको समूह बनाएर कर्जाका लागि बैङ्कमा सिफारिस गर्नेछ ।
नेपालको कूल ग्राहस्थ उत्पादनमा २७ प्रतिशत योगदान रहेको कृषि क्षेत्रमा करिब ६५ प्रतिशत जनता आश्रित रहेका छन् ।
मकालु खबर
२०७७ मंसिर १८ गते
प्रतिक्रिया
सम्बन्धित