यातायात व्यवस्था कार्यालय, एकान्तकुनामा सिभिल बैंकको एक्सटेन्सन काउन्टर

काठमाडाैं । सिभिल बैंकले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, एकान्तकुना, ललितपुरमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएकाे छ ।

अब ललितपुरको एकान्तकुना स्थित यातायात व्यवस्था कार्यालयका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण राजश्व तथा दस्तुरहरु सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्फत् सजिलैसँग भुक्तनी गर्न सक्ने बैंकले जनाएकाे छ ।

करीब पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु तथा ३ एक्सटेन्सन काउन्टर मार्फत् सेवा प्रदान गरिरहेको सिभिल बैंकले करीब ७० अर्ब भन्दा बढी निक्षेप परिचालन गरी ६१ अर्ब भन्दा बढी कर्जा लगानी गरिसकेकोे जनाएकाे छ ।

प्रतिक्रिया