सर्वदलीय बैठकः राजावादीका गतिविधिबारे के गर्ला ?
मकालु खबर
२०७७ मंसिर २३ गते
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सर्वदलीय बैठक बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बस्न लागेको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठकमा संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका नेताहरूलाई आमन्त्रण गरिएको छ । समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्रीको आह्वानमा बैठक बोलाइएको हो । बैठकमा विशेषतः राजतन्त्र पक्षधरको प्रदर्शनका विषयमा छलफल हुने बुझिएको छ ।
यस्तै कोभिड १९ को महामारी र यसले पारिरहेको संकट तथा पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल गर्न सर्वदलीय बैठक बोलाइएको हो ।यसअघि गत वैशाखमा भारतले नेपाली भूमि मिचेर सडक बनाए पछि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका थिए । त्यस यता सर्वदलीय बैठक बस्न सकेको छैन ।
मकालु खबर
२०७७ मंसिर २३ गते
प्रतिक्रिया
सम्बन्धित