उद्यमी बन्न चाहने युवाका लागि स्टार्टअप आइडिया कल

काठमाडाैं । नविनतम व्यवसायलाई नि:शुल्क तालिम तथा सहुलियत ब्याजदरमा १५ लाख रुपैयाँसम्म लगानी गरिने
नविनतम सोचका साथ उद्यमी बन्न चाहने युवाका लागि नवप्रर्वतन प्रस्ताव आह्वान कार्यक्रम सुरु भएको छ ।

सरकार, वित्तीय संस्था र नीति क्षेत्रबीच त्रिपक्षीय सहमति अनुसार बागमती प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय बाणिज्य बैंक र विशाल फाउण्डेशनले संयुक्त रुपमा नवप्रर्वतन प्रस्ताव आह्वान कार्यक्रम सुरु गरेकाे हाे । काठमाडौंमा बुधबार आयोजित उद्घाटन सत्रमा वेबसाइट र भिडियो सन्देशमार्फत पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरे ।

कार्यक्रममा मन्तव्य राख्दै पूर्व प्रधानमन्त्री नेपालले व्यवसाय सफल नहुने मुख्य कारण सम्पूर्ण पक्षहरुबीच तालमेल नहुनु हाे भन्दै उत्पादन, श्रम, पूँजी, बजार र नीतिबीच तालमेल भए मात्र व्यवसाय सफल हुने बताए । नेपालमै बसेर स्वरोजगार बन्छु भन्नेका लागि यो कार्यक्रम निकै उपयोगी हुने उनकाको भनाई थियो ।

२०७७ माघ महिना भरी उद्यमी बन्न चाहने युवाका लागि नविनतम प्रवर्द्धन प्रस्ताव  www.startupideacall.org  वेबसाइट मार्फत नवप्रवर्द्धन प्रस्ताव आह्वान गरी संकलन गर्ने, उत्कृष्ट आइडिया पठाउने युवाहरुलाई उद्यमशीलता सम्बन्धि नि:शुल्क तालिम प्रदान गरी राष्ट्रिय बाणिज्य बैंक मार्फत् बढीमा तीन प्रतिशत ब्याजदरमा अधिकतम १५ लाख रुपैंयासम्म सहुलियतपूर्ण कर्जा लगानी गरिने बताइएकाे छ ।

नयाँ नयाँ आइडिया भएर पनि कहाँ जाने, कसलाई भेट्ने, लगानी कसरी खोज्ने, तालिम कसरी लिने भनेर दुविधामा भएका युवाहरुलाई माघ महिनासम्ममा आइडिया पठाउने युवाहरुलाई गरी फागुन र चैत्र महिनामा तालिम प्रदान गरी सहुलियकतपूर्ण कर्जा प्रवाह हुने छ ।

नेपालमा उद्यमी बन्न चाहने युवाकालागि यो स्टार्टअप आइडिया कल निकै उपयोगी हुने विश्वास लिइएको छ ।

प्रतिक्रिया