सिद्धार्थ बैंकद्वारा वृद्धाश्रम पुन: संरचनाका लागि आर्थिक सहयोग

काठमाडाैं । सिद्धार्थ बैंक लिमिटेडले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९, गोठाटारस्थित श्री कृष्ण प्रणामी सेवा समिति नेपाललाई दुई लाख आर्थिक सहयोग प्रदान गरेको छ ।

बैंकले शुक्रबार दिएकाे उक्त रकम श्री कृष्ण प्रणामी सेवा समिति नेपालले २०७२ सालमा गएको विनाशकारी भुकम्पको कारणले क्षति पुगेको र जोखिममा रहेको श्री कृष्ण प्रणामी भवनको पुन: संरचना कार्य गर्नका लागि उपयोग गर्नेछ ।

वनमा समितिद्वारा वृद्धाश्रम सञ्चालन गर्दै आएको र निर्माण पश्चात् सो भवन समितिले असहाय वृद्धवृद्धाहरुको आवासका लागि उपयोग गर्नेछ । समाज कल्याणको कार्य गर्दै आइरहेका उक्त संघलाई बैंकले पुर्याएकाे सो रकम सहयोगबाट आश्रय प्रदान हुने र वृद्ध नागरिक कल्याणमा केहि हदसम्म भए पनि उत्थान पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया