टाटा मोटर्सको पाँचौ ग्लोबल सर्भिस क्याम्प शुरु
काठमाडौं । नेपालका लागि टाटा माेटर्सकाे आधिकारीक बिक्रेता सिप्रदी टेडिङ्ग प्रा.लि.ले ग्लोबल सर्भिस क्याम्प २०२० सञ्चालनमा ल्याएकाे छ । आजदेखि सुरु भएको ग्लोबल सर्भिस क्याम्प २०२० पौष ८ गतेसम्म चल्नेछ ।
अहिलेको परिस्थितिलाई ध्यानमा राखेर यो वर्षको ग्लोबल सर्भिस क्याम्पको उद्घाटन सिप्रदीको आधिकारीक फेसबुक पेजबाट लाइभ गरिएको थियो । उक्त उद्घाटन समारोहमा रुद्ररुप मैत्रा टाटा मोटर्स् कमर्शियल गाडीका अन्तर्राष्ट्रिय व्यापार प्रमुखले भिडियो मार्फत् यस वर्ष हाम्रा ग्राहकवर्गहरुलाई धेरै महिना गाडी थन्काएर राखेको गाडीहरुलाई सहजता प्रदान गर्न यो ग्लोबल सर्भिस क्याम्प २०२०को आयोजना गरिएकाे जानकारी दिए ।
साथै सम्पूर्ण सिप्रदी तथा टाटा मोटर्सका कर्मचारी, ग्राहकहरु, मिडिया, तथा सहभागीहरुलाई सम्बोधन गर्दै सुरक्षित रहेर ग्लोबल सर्भिस क्याम्पमा उत्कृष्ट प्रदर्शनको शुभकामना समेत उनले दिए ।
समारोहमा सिप्रदी ट्रडिङ प्रा. लि.का प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले सिप्रदीको सफलताको श्रय सबै ग्राहकहरुको अटुट विश्वास, कर्मचारीहरुको निरन्तर मेहनत र लगनशीलताका लागि धन्यवाद दिए । साथै यो वर्ष ग्लोबल सर्भिस क्याम्पमा सुरक्षाको मापदण्डहरुलाई ध्यानमा राखेर १० दिन सम्म आयोजना गरिएकोे उनले जानकारी गराए । उनले ग्राहकहरुलाई ढुक्क भई प्रि बुकिङ्ग गरेर यो सर्भिस क्याम्पको फाइदा उठाउन आग्रह समेत गरे ।
उक्त ग्लोबल सर्भिस क्याम्प, विश्वभरि ४५ राष्ट्र लगायत नेपालका ५० विभिन्न स्थानहरुमा आयोजित गरिएको छ । यस ग्लोबल सर्भिस क्याम्प अन्तर्गत टाटा मोटर्स सम्पूर्ण डिलर एवम् आधिकारिक सर्भिस सेन्टरहरुमा गाडीको सम्पूर्ण स्वास्थ्य जाँचहरु हुने जानकारी दिइएकाे छ ।
निःशुल्क बम्पर टु बम्पर चेकअप, निःशुल्क सर्भिसिङ्ग, स्पेयर पार्टस्, लुब्रिकेन्टस् र ब्याट्रीमा भारी छुट, चालकहरूका लागि निःशुल्क तालिम, हरेक दिन स्मार्टफोन जित्ने अवसर र प्रत्येक दिन टाटा गाडी सम्बन्धी अनलाइन परामर्श जस्ता सुविधाहरु यस वर्षको प्रमुख विशेषताहरु रहेका छन् ।