आखिर मान्छे किन हिंस्रक बन्छ ?

हरेक वर्ष नोभेम्बर २५ देखि १० डिसेम्बरसम्म अन्तर्राष्टिय स्तरमा महिला हिंसा विरुद्धको १६ दिने अभियान मनाईदैं आएकोमा नेपालमा विस. ०५४ देखि विभिन्न कार्यक्रमहरुको आयोजना गरि महिला हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न हुँदै आएका छन् । यो वर्ष सम्पन्न एक विशेष कार्यक्रममा सहभागी भै रहँदा कार्यक्रम आयोजकहरु र वक्ताहरुको कुरा सुनेपछि अति मन छटपटाइरहेको छ । महिला हिंसा विबरुद्धको १६ दिने अभियानको शिलशिलामा कार्यक्रम आयोजना भएपनि हिंसा पनि जेण्डर हेरेर हुन्छ र ? भन्ने अभिव्यक्तिले मलाई अति पोल्यो ।

हो यो दुनिया बिचित्रको छ । सृष्टिको विधि बिधान बुझीनसक्नु रहस्यपूर्ण छ । अस्तित्वको सृजना र हाम्रा धर्म सास्त्रहरुमा महिला र पुरुषको भुमिका स्पष्ट छ । कहिकतै प्रतिस्पर्धी हुनै नसक्ने एक अर्काको परिपुरकको रुपमा सृष्टिको सृजना अति सुन्दर छ । मान्छे बाहेक अरु प्राणीमा हिंसाको गन्ध आउँदैन । मान्छेको मात्रै चेतनाले एकपछि अर्को नयाँ अनुभव गर्न अग्रसर गराउँछ । चरम असन्तष्टि, अहङ्कार र षटऋपु (काम, क्रोध, लोभ, मोह, ईष्र्या, द्वेष) ले गर्दा मान्छेद्वारा मान्छे मात्रै हैन सम्पूर्ण सृष्टिका प्राणीहरु असुरक्षित र आतंकित छन् । दिनप्रतिदिन सम्पत्ति, सत्ता, पदप्रतिष्ठा र शैक्षिक प्रमाणपत्रको आडमा मान्छेको मन यी सब हुनेहरुको अहङ्कारले आँखा नदेख्ने भएको छ भने नहुनेहरु हिनताबोधले निरास छन् ।

दिन प्रतिदिन सर्वसाधारणको जीवन कस्टकर बन्दै गइरहेको छ । राज्य र समाज सञ्चालनका अगुवाहरुबाटै वर्गीय खाडल बढाइएको छ । शासकहरुमा आफुलाई (जनप्रतिनिधि/प्रशासक) जनताको सेवक हुँ भन्ने भावमा छैनन् बरु रैतीको मालिक आफूलाई ठान्छन् ।

विभिन्न बाहानामा यस्तै-यस्तै अनुभवमा आधारित घटनाहरु सार्वजनिक भइरहेका छन् । समाजमा घट्ने घट्नाहरु विज्ञानको नाममा प्रकृतिको नियमबिरुद्ध अनेक-अनेक प्रयोगहरु भइरहेका छन् । परापूर्व कालदेखि चल्दै आएका कतिपय चलन चल्तिहरु मानव सभ्यताको गौरव हुन् तर मासिँदै गएका छन् । शिक्षा तथा स्वास्थ्य सेवाका नाममा निश्चित दलालहरुको ब्यापार फस्टाएको छ । दिन प्रतिदिन सर्वसाधारणको जीवन कस्टकर बन्दै गइरहेको छ । राज्य र समाज सञ्चालनका अगुवाहरुबाटै वर्गीय खाडल बढाइएको छ । शासकहरुमा आफुलाई (जनप्रतिनिधि/प्रशासक) जनताको सेवक हुँ भन्ने भावमा छैनन् बरु रैतीको मालिक आफूलाई ठान्छन् । यदाकदा जनताबाटै उदाएका जनप्रतिनिधिहरुलाई पनि आन्दोलनको पक्षमा निर्धक्क काम गर्ने वातावरण छैन ।

आफ्नो परिवारमा आफ्नै अविभावकको सेवामा खटिएकी ९ वर्र्षीया बालिका बलात्कृत हुन्छिन, उनको कुरा स्वयम् आमाले पनि बुझ्न सक्दिनन् या बुझ्न चाहान्नन्, बुझे पनि सहयोग गर्न असमर्थ हुनाले लाचार बन्न बाध्य हुन्छिन् । एकपछि अर्को अविभावकको आक्रमण सहदा भन्ने, सुन्दिने र सम्बोधन गरि न्याय पाउने झिनो आशा कतै नभएपछि आत्महत्या गर्नु वा मानसिक सन्तुलन गुमाउनुको विकल्प के हुन सक्छ र ? आज धेरै छोरीहरु हाम्रो समाजमा उकुस मुकुसको जिन्दगी बाचिरहेका छन् । आफ्नो परिवारको अविभावकले बलात्कार गर्यो भन्दा न्याय पाउन नसक्ने समाजमा हामी छोरी मान्छेहरु आखिर जे जस्तो अवस्थामा आफू रहेपनि लज्जाले शिर झुकाउँदै संघर्र्षको अर्को नाटक गर्न बाध्य छौं । आखिर मान्छे किन यति निर्दयी बन्न सक्छ ? उसको मानवता कता हराउँछ ? यस्ता प्रश्नको चित्तबुझ्दो वैज्ञानिक उत्तर हाम्रो शिक्षा प्रणालिमा छ त ? हामीले नेतृत्व गरेको मानव अधिकार आन्दोलन कता मोडिदै छ ?

१-२ जना महिला पात्रलाई कुनै महत्वपूर्ण पदमा जिम्मेवारी दिदैमा अब तिमिहरु अधिकार सम्पन्न भइसक्यौं भन्दै लोपार्ने प्रवृत्तिले धरातलका सङ्घर्षशिल महिलाहरुलाई हतोत्साही गरिन्छ, अहिलेको सामाजिक आन्दोलनमा महिला सहभागिताको परिवेशलाई व्याख्या गर्दा कानूनी व्यवस्था भएकोले प्रकृया पूरा गर्न महिलाहरुको सहभागिता देखावटी फेशन बनेको छ । खुरुखुरु आज्ञा पालन गर्ने कुनै प्रश्न नगरुन्जेल जिम्मेवारी दिइन्छ तर अलिअलि आफ्नो विबेक प्रयोग गर्ने महिलाहरुलाई अनेक आरोप लाएर पलायन हुन बाध्य गराइन्छ भने कसरी महिलाहरु आफ्नो अस्तित्व महशुस गर्न सक्छन त ? विद्वान महिलाहरुको जमघटमा गरिएको हिंसा बिरुद्धको चर्चा अनुसार हिंसाले जेण्डर भन्दैन हिंसा त हिंसा हो नि सबैमाथी हुन्छ भन्ने हल्का अभिव्यक्ति र समाजमा घटिरहने हिंसाका घटना- जहाँ एउटी छोरी जो आफ्नो संरक्षकबाट वषौं बलात्कृत हुँदाको पीडादायी घटना आमाले पनि विश्वास गर्न सक्दिैनन् र पीडक छोरी आत्महत्याको बाटो रोज्न बाध्य हुन्छिन् । केहि घटना मात्रै बाहिर आउँछन् र ती घटनाले सिङ्गो समाजको प्रतिनिधित्व गरेको छ । यस्तै प्रकृतिका घटनाहरुको सिल्सिलाको स्मरणले म रन्थनिएकी छु ।

आज साच्चै रुपान्तरणको लागि लड्दै आएका अनुभवले खारिएका महिला योद्धाहरु पलायन हुँदा खोज्ने कुनै निकाय छैन । आन्दोलन त कमाउनी साधन बनेको छ । देश विदेशमा पढेर हासिल गरेको उच्च शिक्षा र डिग्रीको सर्टिफिकेटले आन्दोललाई सघाउन त सक्ला तर हिंसाको त्यो पराकाष्टा महशुस गर्न कदापी सक्दैन । आजको परिवेश महिला अधिकार आन्दोलनको उपलब्धिप्रति गर्व गर्नुपर्नेमा निर्मला पन्त लगायतका चेलीहरुको आत्माले धिक्कारिरहेको छ भन्ने आभाश भएको छ । आखिर मान्छे किन हिंस्रक बन्छ ? यसको जरा खोतल्ने आन्दोलन जरुरी छ अब । भवतु सब्ब मङ्गलम‘ 

  • कृयाशिल महिला नेतृ पौडेल किसान महासंघकी सचिवालय सदस्यसमेत हुन्

 

प्रतिक्रिया