विजय लघुवित्तले शेयर बिक्री गर्दै

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संस्थापक समूहको शेयर बिक्री गर्ने भएको छ । यस संस्थाले संस्थापक समूहको ४८ हजार ६ कित्ता शेयर बिक्री गर्न लागेको हो ।

शेयरको न्युनतम मूल्य प्रतिकित्ता २ सय ७५ रूपैयाँ कायम गरिएको छ भने, लगानीकर्ताले सो वा सो भन्दा धेरै मूल्य अंकित गरि बोलकबोल गर्नुपर्ने संस्थाले जनाएको छ ।

यस कम्पनीको शेयरमा पौष ७ गतेबाट माघ १२ गतेसम्म हाल कायम रहेका संस्थापक शेयरधनीले मात्र आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।

प्रतिक्रिया