रत्ननगर उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा गिरी निर्वाचित
चितवन । रत्ननगर उद्योग वाणिज्य संघले नयाँ नेतृत्व पाएको छ । विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएकाले वरिष्ठ उपाध्यक्षसहित अन्य पदका लागि भने चुनाव भएको थियो । संघको विधान अनुसार अध्यक्ष अनिलकृष्ण श्रेष्ठ बनेका छन् । काङ्ग्रेस निकटका उनी वरिष्ठ उपाध्यक्ष थिए ।
वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएकाले नेकपा निकट र कांग्रेससहित अन्य दल निकट ब्यवसायिले प्यानल बनाएर चुनावमा उत्रिएका थिए । मंगलबार मध्यरातमा आएको अन्तिम मत परिणाम अनुसार संघको वरिष्ठ उपाध्यक्षमा नेकपा निकटका ब्यवसायी शंकर गिरी विजयी भएका छन् । कुल खसेको मतमा ६०४ मत प्राप्त गर्दै गिरी विजयी भएका हुन् भने नेपाली काङ्ग्रेस निकटका उम्मेदवार देवेन्द्र कुमार श्रेष्ठले ५४५ मत प्राप्त गरेका थिए ।
वाणिज्य तर्फको उपाध्यक्षमा नेकपा निकटका भीमनारायण श्रेष्ठले ५३७ मत प्राप्त गरि विजयी भए भने नेपाली काँग्रेस निकटका कविन घिमिरेले ३७७ मत तथा स्वतन्त्र उम्मेदवार देवीप्रसाद डल्लाकोटीले २१३ मत प्राप्त गरेका थिए । उद्योग तर्फको उपाध्यक्षमा नेकपा निकटका पुरु खनाल ५८९ मत प्राप्त गरि बिजयी भए भने नेपाली काँग्रेस निकटका निरञ्जन थापाले ५४१ मत प्राप्त गरेका थिए ।
एसोसिएट उपाध्यक्षमा नेकपा निकटका राममणी थपलिया विजयी भएका छन् । थपलियाले ६६ मत र उनका प्रतिद्वन्दी नेपाली काङ्ग्रेस प्यानलका हरि अधीकारीले ५३ मत ल्याएका थिए । अधिकारी राप्रपा निकटका ब्यबसायी हुन् । महासचिवमा नेकपा निकटका निराजन खनाल ६१० मत प्राप्त गरि बिजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली काँग्रेस निकटका व्यवसायी माधवप्रसाद पौडेलले ४६० मत प्राप्त गरेका थिए ।
त्यसैगरि कोषाध्यक्षमा नेकपा प्यानलका उपेन्द्र शर्मा आचार्य ६४० मत प्राप्त गरि विजयी भएका छन् भने उनको प्रतिद्वन्दी नेपाली काँग्रेस प्यानलकी मीना उप्रेतीले ४७३ मत प्राप्त गरेकी थिईन् । उद्योग तर्फ सदस्यहरुमा नेकपा निकटका व्यावसायीहरु अनुप विसुराल ६४५ मत, सुवास मिश्र ५५० मत , उद्धबकुमार कोइराला ५३७ मत, रामप्रसाद पाण्डे ५६१ मत, महेन्द्र घिमिरे ६०० मत, विरञ्जना सापकोटा ६३९ मत प्राप्त गरि विजयी भए ।
त्यसैगरी नेपाली काँग्रेस निकटका व्यवसायीहरु बुद्धिराज ओझाले ३७७ मत, अरुणकुमार सिवाकोटीले ४०९ मत, शम्शेर घामल्यले ४४२ मत, सविन मानन्धरले ४७१ मत कपिल ढकालले ४२२ मत र हरिशरण भट्टराईले ४०७ मत प्राप्त गरेका थिए । संघको वाणिज्य र उद्योग तर्फका सदस्यहरुमा नेकपा निकटका सबै उम्मेदवार विजयी भए ।
सदस्यहरुमा इश्वरि अर्याल, रामशरण नेपाल, बिरन्जना घिमिरे, जोगेन्द्र महत्तो, लोजिक कृष्ण सागर, सुरेन्द्र दवाडि, सूर्यप्रसाद रेग्मी, प्रकाशमणि सापकोटा, उत्तम घिमिरे, अर्जुन वस्ताकोटी, महेन्द्र घिमिरे, उद्धव कुमार कोइराला, रामप्रसाद पाण्डे, अनुप विसुराल, सुवास मिश्र, शिव मैनाली, निर्मला सुवेदी बिजयी भएका हुन् । एसोसिएट सदस्यहरुमा जोगेन्द्र महतो र लोजिककृष्ण सागर निर्बिरोध भए ।
वस्तुगत उपाध्यक्ष र वस्तुगत सदस्यमा काङ्ग्रेस निकटका व्यवसायी निर्बिरोध भए । वस्तुगत उपाध्यक्षमा रघुनाथ भट्ट, बस्तुगत सदस्यमा शिवराज मैनाली निर्विरोध भएका हुन् । निर्वाचनमा १३ सय २५ मतदाता मध्ये ११ सय ९१ अर्थात करिब ९० प्रतिशत मत खसेको थियो । त्यस्तै एसोशियट अन्तर्रगत १ सय ५० मतदाता मध्ये १ सय २० मत खसेको थियो ।