योगदान राष्ट्रका लागि संस्थाको प्रथम स्वयंसेवक भेला तथा तालिम सम्पन्न
काठमाडौँ । योगदान राष्ट्रका लागि संस्थाको आयोजनामा प्रथम राष्ट्रिय स्वयंसेवक भेला राजधानीमा सम्पन्न भएको छ ।
प्रथामिक उपचार सम्बन्धी ज्ञान र सिप देशका हरेक नागरिलाई पुगोस् भन्ने उदेश्यका साथ योगदान राष्ट्रका लगि संस्थाले १० दिने प्रथम राष्ट्रिय स्वयंसेवक भेला आयोजना गरेको हो ।
कार्यक्रम मार्फत प्रशिक्षक तथा संस्थाका अध्यक्ष ओम उप्रेतीले मुलुक भरका सबै स्थानीय तह सम्म प्रथामीक उपचार सम्बिन्ध तालिमको पहुँच पुग्ने बताएका थिए ।
पौष १ गते देखिसंचालन गरिएको तालिममा विभिन्न जिल्लाका स्वमंसेवकहरुलाई प्रथामिक उपचार सम्बन्धी तालिम दिईएको छ ।
पहिलो चरणको तालिम आइतबार सम्पन्न भएको छ भने दोश्रो चरणको तालिम पौष ६ सोमबार बाट १० गते सम्म संचालन गरिने छ।
तलिम लिएका स्वयंसेवकले आफ्नो जिल्लामा पुगेर आपतकालिन अवस्थामा प्रथामिक उपचार गर्न सक्ने छन् । यस निशुल्क प्रथामिक तालिमको अभियान चलाउदै आएका ओम
ओम उप्रेतीले व्यक्तीगत खर्चमा देशका ४६ जिल्ला पुगेर निःशुल्क प्रथामिक उपचार तालिम संचालन गरिसकेका छन् ।