प्रतिनिधिसभा विघटनको विरूद्ध जनमोर्चा सडकमा ओर्लदै

रोसन दानी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटन गर्ने निर्णयको सर्वत्र विरोध भएको छ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा, भित्रै र विपक्षी दलका नेता, राष्ट्रिय जनमोर्चा लगायत अन्य दल र नागरिकस्तर बाटपनि ओलीको कदमको विरोध भएको हो ।

यसै बीच राष्ट्रिय जनमोर्चाले आज तीनबजे बिरोद सोरूप काठमाडौंको शान्तिबाटिकामा सडक सङ्घर्ष गर्ने राष्ट्रिय जनमोर्चाका नेता तथा अखिल नेपाल जनजाति संमेलनका केन्द्रीय अध्यक्ष निम बहादुर बुढाथोकीले बताए ।

नेता बुढाथोकीका अनुसार सरकारको असंवैधानिक र अप्रजातान्त्रिक कदमका लागि सरकार बिरूद्ध सबै राजनीतिक शक्ति एक हुनु पर्ने राष्ट्रिय जनमोर्चाको ठहर रहेको बताउछन् ।

हिजोनै राष्ट्रिय जनमोर्चाले एक विज्ञप्ति निकाल्दै मन्त्रीपरिषद्धारा प्रतिनिधि सभालाई विघटन गर्ने र त्यसका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने जुन निर्णय गरेको प्रति खेद व्यक्त गर्दै गम्भीर गल्ति र अप्रजातान्त्रिक कदम कडा शब्दमा विरोध र भ्रत्सना गरेको थियो।

राष्ट्रिय जनमोर्चाका युवा नेता समिर सिंहले उक्त कदम असंवैधानिक कदमको संज्ञा दिए । उनले यस कदमको विरुद्ध सहकार्यका निम्ति सम्पूर्ण लोकतान्त्रिक शक्तिहरुलाई आह्वान पनि गरेका छन् ।

नेता सिंहले शासन प्रणाली विधि सम्मत नभई व्यक्तबादी चरित्र र अमर्यादित बनेको प्रति चिन्ता व्यक्त गर्दै गल्ती र कमजोरी सच्याउन आग्रह गर्दै उक्त कदमको विरोधका लागि सहकार्य गर्न नेकपाका लोकतान्त्रिक पक्षधर, अन्य राजनीतिक र वैकल्पिक राजनीतिक शक्तिलाई आह्वान गरिएको बताउछन् ।

प्रतिक्रिया