‘पैसा चाहिन्छ, सम्झौताले हुँदैन’ [भिडिओसहित]
काठमाडौं । उखु किसानहरुले संघीय राजधानी काठमाडौंमा आन्दोलन शुरु गरेको आज ११औं दिन हो । तर, उनीहरुले भुक्तानी पाइसकेका छैनन् । योबीचमा नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले १२ दिनभित्र भुक्तानी उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरेका छन् । त्यसपछि आन्दोलनलाई केही मत्थर बनाएका उखु किसानहरु दिनहुँ माइतीघर परिसरमै हुन्छन् । ‘हामीहरु भुक्तानी नपाएसम्म जाँदैनौं’, उखु किसान संघर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ रायले भनेका छन्, ‘भुुक्तानी पाएपछि मात्रै हामी फर्किँन्छौँ ।’
यस्तै उनले अब सम्झौता र प्रतिबद्धता गरेर मात्रै पनि नहुने बताएका छन् । उनले भनेका छन्, ‘अब पैसा चाहियो, सम्झौताले मात्रै हुँदैन ।’
गत वर्ष पनि सरकारकै रोहबरमा उखु किसान र मिल धनीबीच सम्झौता भएको थियो । विसं २०७६ पुषमा भएको उक्त सम्झौतामा माघसम्ममा सबै भुक्तानी पाउने भनिए पनि सम्झौताअनुरुप किसानहरुले भुक्तानी पाएका छैनन् । त्यसपछि दोस्रो पटक काठमाडौंसम्म किसानहरु आन्दोलनको लागि आएका हुन् ।
- Related News:–
–१२ दिन भित्र उखु किसानहरुको सम्पूर्ण रकम भुक्तानी गराईसक्छौँ : मन्त्री भट्ट
–सरकारलाई उपभोक्ता हित समितिको निर्देशन : ‘एक साताभित्र उखु किसानलाई बाँकी भुक्तानी दिलाउनु’
–उखु किसानको हलो-जुवासहित प्रदर्शन (फोटो फिचर)
–उखु किसानको भुक्तानी नदिने उद्योगीलाई पक्राउ नगर्नु भन्दै नेताहरुको फोन आयो : उद्योगमन्त्री
–उखु किसानको पैसा नदिने उद्योगीलाई कारबाही गर्न सरकारको निर्देशन
–क्यामेराको लेन्सबाट उखु किसानहरुको प्रदर्शनलाई नियाल्दा [फोटो फिचर]
–सरकारले नै ढाँटेपछि निर्णायक आन्दोलन गर्न राजधानी आइपुगे उखु किसान (फाेटाे फिचर)
उखु किसान रामस्वार्थ राय–उखु किसान फेरि आन्दोलनमा : अब पुरा रकम लिएर मात्रै फर्कने !
भिडिओ हेर्नुस्ः–